
जुम्ला । जुम्लाका करिब ३२ सरकारी कार्यालयले शुक्रबार चालु आवको बजेट र कार्यक्रम प्रस्तुत गरेका छन् । जिल्ला प्रशासन कार्यालयको आयोजनामा शुक्रबार जिल्लाका ५४ सरकारी कार्यालय मध्य ३२ कार्यालयले चालु आव २०७७/०७८ को बार्षिक बजेट र कार्यक्रम प्रस्तुत गरेका हुन् । बार्षिक नीति कार्यक्रम र बजेट प्रस्तुत सम्पुणर् नागरिकलाई सरकारी कार्यक्रम प्रति जानकारी दिन तथा शुसान पादरर्शिताको खुटकिलो भएको समेत प्रशासनले बताएको छ ।
जिल्लाका सरकारी कार्यालयले प्रस्तुत गरेका कार्यक्रमलाई लक्षितवर्गमुखी बनाउन राजनीतिक दल तथा नागरिक समाजका अगुवाले सुझाब दिएका छन् । यस अघि विभिन्न सरकारी कार्यालयको कार्यक्रमबाट लक्षित वर्गभन्दा राजनीतिक कार्यकर्ता,आसेपासेनै बढी लाभान्वित भएका चालु आवका कार्यक्रमहरु लक्षित वर्ग सम्म पुराउन सुझाब दिएका हुन् ।
नेकपा कणर्ाली प्रदेश सदस्य पुणर् प्रसाद धितालले आउदो बैशाख सम्म सबै कार्यक्रम सम्पन्न गर्ने कार्यालयलाई पुरुष्कृत गर्ने कामको थालनी गर्न सुझाब दिए । जुम्लालाई नमुना बनाउने साझा अभियान शुरु गरौ,उनले भने, कार्यकर्तामुखी बजेट र कार्यक्रम भए भन्ने गुनासालाई अन्त्य गर्न आम नागरिकलाई सक्षम बनाउने खालका कार्यक्रम अगाडी बढाउन समेत आग्रह गरे ।
राष्ट्यि प्रजातन्त्र पार्टीका जिल्ला अध्यक्ष मनसुर सुनारले कृषि कार्यालयका कुनैपनि कार्यक्रमबाट बास्तविक विपन्न किसान लक्षित नभएको बताए । सरकारी कार्यक्रमहरुबाट आफ्ना आसेपासे पोस्ने प्रबित्तिको अन्त्य गर्न समेत उनले सबै सरकारी कार्यालयको ध्यानकर्षण गराए ।
त्यस्तै, नमकिपाका जिल्ला अध्यक्ष शिवलाल डाँगीले सरकारका नीति कार्यक्रम प्रभावकारी कार्यान्वयन हुनका लागि कर्मचारी, स्थानीय, नेता कार्यकर्ता, प्रशासक सबैको आचरण असल हुनुपर्नेमा जोड दिए ।
प्रमुख जिल्ला अधिकारी भूपेन्दू थापाले सरकारी कार्यक्रमहरुको जानकारी गराउनु, नागरिकलाई सुसुचित गर्नुनै शासनको पहिलो खुटकिलो भएको बताए । नागरिक समाज, राजनीतिककर्मी तथा पत्रकारका सु्झाबलाई मध्य नजर गर्दै चालु आवका कार्यक्रमहरु प्रभावकारी रुपमा संचालन गरिने बताए ।