जुम्ला—सुर्खेत—नेपालगज्ज सहुलियत हवाई सेवा

जुम्ला ः नागरिकलाई दशैको समयमा सहुलियत हवाई सेवा प्रदान गरिएको छ । गो कर्णाली टुर एण्ड ट्राभल्सले १ कात्तिकदेखि ४ हजार १ सयमा नेपालगञ्ज–जुम्ला, जुम्ला–नेपालगञ्जसम्म सहुलियतमा हवाई सेवा प्रदान गरेको हो । त्यसैगरी जुम्ला सुर्खेत र सुर्खेत जुम्लामा सिता एयरमा हवाई सेवा प्रदान गरिएको सञ्चालक तथा कर्णाली पर्यटन उत्थान समितिका संयोजक ललितजङ्ग महतले जानकारी दिए । उनका अनुसार जिल्ला बाहिर रहेका र जुम्लाबाट घर जाने तयारीमा रहेका व्यक्तिका लागि सहुलियतमा हवाई सेवा सूचारु गरिएको हो । कोरोनाबाट आक्रान्त भएका नागरिकलाई दशैको समयमा केही रकम सहुलियत दिने उद्देश्यले सेवा प्रदान गरिएको हो ।
अन्य हवाई कम्पन्नीले पाँच हजार पाँच सय रुपैया भाडा लिने गरेका छन् तर हामीले अहिले प्रति व्यक्ति एक हजार चार सय रुपैया सहुलियत दिएका छौँ उनले भने । कर्णालीमा आउने आन्तरिक पर्यटक पर्बद्धन गर्नका लागि पनि सहुलियत हवाई सेवाको थालनी गरिएको उनले बताए ।
१९० जनाले चढे जहाँज ः
अन्य हवाई सेवा कम्पन्नीले नेपालगञ्ज जुम्ला वा सुर्खेत– जुम्ला पाँच हजार पाँच सय हवाई भाडा लिईरहेको समयमा दशैको समयमा जुम्लाबाट दशै मनाउन जाने र जिल्लामा आउने व्यक्तिहरुले सहुलियत भएपछि जहाँज चढ्ने व्यक्तिहरु बढेका छन् । सिताले १ कात्तिकदेखि एक चरणमा सहुलियत सेवामा हरेक दिन दुई वटा उडान राखेपछि १ सय ९० जनाले सहुलियत सेवा लिएका छन्
सहुलियत भाडा कायम गर्ने तयारी ः
यस वेला शुरु गरिएको भाडादरले जनतालाई सजिलो हुने भएकाले अन्य समयमा पनि निरन्तरता गर्ने प्रयास भईरहेको सिता एयरले जानकारी दिएको छ । सिता एयर नेपालगञ्ज क्षेत्रीय निर्देशक मनोज भारतीले अहिले जस्तै सेवा अन्य समयमा समेत दिने जहाँज र गो कर्णाली बीच प्रयास स्थानीयले प्रथामिकता दिन आवश्यक रहेको छ । ५÷६ हजार महंगो भाडा लिने गरेका छन् । तर सस्तोमा हवाई सेवा दिन सकिने रहेछ । कर्णाली पर्यटन उत्थान समितिका संयोजक महतले बढीमा ४ हजार ५ सय रुपैयामा हवाई सेवा दिन सकिने अवस्था हुदा पनि महंगो भाडा गरिएको बताए ।
यो सेवा जनताका लागि निकै राम्रो भएको अधिकारकर्मीहरुले जनाएका छन् । हवाई क्षेत्रको सहुलियत सहजताका लागि लामो समय देखि आवाज उठाउदै आएका उपभोक्ता महासंघ नेपालका उपमहासचिव बिष्णु प्रसाद तिमिल्सेनाले यो सेवा नागरिकको पक्षमा भएको हुदा निरन्तरता दिनुपर्ने बताए । उनले यसलाई निरन्तरता दिदै अनलाईन टिकट कायम गरिनुपर्ने बताए । अनलाईन सेवाले सहज टिकट प्रणाली हुने बताए ।

प्रकाशित मिति : २०७७ कार्तिक ४ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस