आत्म सम्मानको लागि सहकार्य (क्याड) नेपाल जुम्लाको सामान आपुर्ति गर्ने बारेको बोलपत्र आब्हान गरिएको सुचना

आत्म सम्मानको लागि सहकार्य (क्याड) नेपाल जुम्ला
सामान आपुर्ति गर्ने बारेको बोलपत्र
आब्हान गरिएको सुचना
प्रथम पटक सूचना प्रकाशन मितिः २०७७।०७।२८

यस आत्म सम्मानको लागि सहकार्य क्याड नेपाल जुम्लाले प्लान ईन्टरनेशनल सहयोगमा जुम्ला जिल्लाको सिजा , हिमा र कनकासुन्दरी गाउपालिकामा बाल छिटो तथा जबरजस्ती बिबाह न्युनिकरण परियोजना संचालन गर्दै आईरहेको छ । सोही परियोजना अन्तरगत बिद्यालय बाहिर रहेका तथा जोखीममा परेका बालबालिकालाई स्व अध्ययन सामाग्री र स्टेशनरी सामाग्री उपलब्ध गराउनु पर्नेछ । त्यसैले उक्त सामाग्री आपुर्ति गर्नको लागि तपसिलमा उल्लेखित सर्तमा रहि काम गर्न ईच्छुक ब्यक्ति वा फर्मले संस्था मार्फत प्राप्त हुने दरभाउ पत्र फारम रितपुर्बक भरि आफुले उपलब्ध गराउन सक्ने मुल्य खुलाई मिति २०७७।०८।४ गते दिनको ४ ः०० बजे भित्र यस संस्थाको कार्यालयमा दरभाउ पत्र दर्ता ÷ पेश गर्नु हुन सम्बन्धित सबैलाई सुचना जानकारी गराईन्छ ।
तपसिल ः
सर्त तथा नियमहरुः
१. मुल्य अभिबृद्धि करमा ( भ्याट ) मा दर्ता भएको ।
२. आयकर तिरेको ।
३.फर्म नवीरकण तथा अध्याबधिक भएको ।
४. दरभाउ पत्र मिति २०७७।०८। ४ गते दिनको ४ ः०० बजे कार्यालय समय सम्म बुझाउन सकिने छ । उक्त दिन सार्बजानिक विदा पर्न गएमा त्यस पछि कार्यालय खुलेको पहिलो दिन बुझाउन सकिने छ ।
५. प्रतिष्पर्धा मूल्य घटिघटाउको आधारमा हुनेछ ।
६. प्राप्त सिलबन्दी दरभाउ पत्र मिति २०७७ मंसीर ०५ गते दिनको २ः०० वजे रोहवरमा यस संस्थाको कार्यालयमा खोलिने छ र सो दिन सार्बजनिक बिदा पर्न गएमा त्यसको भोलिपल्ट कार्यालय खुलेको दिन सोहि अनुसार सोहि समयमा खोलिने छ ।
७. दरभाउ पत्र फारर्म त्इच् यस संस्थाबाट उपलब्ध गराइने छ ।
८. दरभाउ पत्रमा फर्मको नाम, ठेगाना तथा सम्पर्क नं. प्रष्ट संग खुलाइएको हुनु पर्नेछ ।
९. दरभाउ पत्रमा अंक र अक्षरमा लेख्दा स्पष्ट संग लेखिएको हुनु पर्ने छ । यदि स्पष्ट नभएमा अक्षरमा लेखिएको मानिने छ ।
१०. दरभाउ पत्र खोल्ने समयमा सप्लायर्स प्रतिनिधि उपस्थिति नभएमा फरक पर्ने छैन ।

आत्म सम्मानका लागि सहकार्य (क्याड) नेपाल,
चन्दननाथ नगरपालिका वडा न. ६ शान्तिनगर
फोन न ः ०८७५२०६४१
ईमेल ठेगाना ः nepal.cad@gmail.com

प्रकाशित मिति : २०७७ कार्तिक २८ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस