कर्णाली प्रदेश
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय, जुम्ला
शिलबन्दी दरभाउ पत्र आवहानको सूचना
प्रथम पटक प्रकाशित मिति २०७७।७।२८
उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय जुम्लाको आ.व. २०७७।०७८ को लघु, घरेलु तथा साना उद्यमीहरुका लागि उपयूक्त प्रविधि हस्तान्तरण कार्यक्रम अन्तर्गत १ लाखसम्म पर्ने मेशिन औजार भए ६० प्रतिशत र २ लाख भन्दा बढी लागत पर्ने भए ५० प्रतिशत वा ५० प्रतिशतले २ लाख नाघ्ने भएमा २ लाख नबढ्ने गरी तपशिल बमोजिमका मेशिन औजार खरिद गरी छनोट भएका उद्यमीहरुलाई प्रविधि हस्तान्तरण गर्ने कार्यक्रम अन्तर्गत तपशिलमा उल्लेख भएको स्पेशिफिकेसन अनुसार शिलबन्दी दरभाउपत्रको माध्यामबाट मेशिन औजार खरिद गरी यस उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय जुम्लासम्म ढुवानी समेत गर्नु पर्ने भएकोले सम्बन्धित ईजाजत पत्र प्राप्त उत्पादक, फर्म, कम्पनी, संस्थाबाट तपशिल बमोजिमको शर्तहरुको अधिनमा रही रितपूर्वक शिलबन्दी दरभाउ पत्र आवहान गरिएको छ ।
तपशिल
१) ईच्छुक शिलबन्दी दरभाउपत्र दाताले अध्यावधिक नविकरण गरेको ईजाजत पत्र, म.ुअ. कर दर्ता भएको प्रमाण पत्र, २०७६।०७७ सम्मको कर चुक्ता प्रमाणपत्रको प्रमाणित प्रतिलिपीहरुका साथै प्रथम पटक सूचना प्रकाशित मितिले १६ आँै दिन दिउसो १२ बजे सम्म उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालयमा शिलबन्दी दरभाउपत्र दर्ता गरी सक्नु पर्ने छ । साथै तोकिएको समय भित्र दर्ता हुन आएका शिलबन्दी दरभाउपत्रहरु सोहीदिनको २ बजे कार्यालयमा दरभाउपत्र दाता वा निजको प्रतिनिधिको रोहवरमा खोलिने छ । दरभाउपत्र दाता उपस्थित नभएमा पनि खोल्न बाधा पर्ने छैन । फारम दर्ता गर्ने र खोल्ने अन्तिम दिन सार्बजनिक विदा परेमा कार्यालय खोल्ने दिन सोही समय र स्थानमा उक्त काम गरिने छ ।
२) शिलबन्दी दरभाउ पत्र स्वीकृत वा अस्वीकृत गर्ने सम्पूर्ण अधिकार कार्यालयको हुने छ ।
३) यसमा उल्लेख भएका बमोजिम बाहेक अन्यकुराहरु सार्वजनिक खरिद ऐन २०६३ सार्वजनिक खरिद नियमावली २०६४ तथा अन्य प्रचलित कानून बमोजिम हुनेछ ।
४) कार्यालयबाट उपलब्ध गराईएको कार्य तालिका अनुसार कार्य सम्पन्न गरिसक्नु पर्नेछ ।
५) दरभाउपत्र सम्बन्धी अन्य जानकारीको लागि उद्योग तथाउपभोक्ताहित संरक्षण कार्यालयमा सम्पर्क राख्न सकिने छ ।
तपशिल