जुम्ला । विश्व वातावरण दिवस देशभरसंगै जुम्लामा पनि विभिन्न कार्यक्रम गरी मनाईएको छ । वातावरण संरक्षण तथा वातावरण मैत्री विकासमा जोड दिदै विभिन्न सन्देमुलक कार्यक्रम गरी दिवस मनाईएको हो ।
यसै बीच विश्व वाताबरण दिवसका अबसरमा जुम्लाको तातोपानी गाउँपालिका -२ स्थित हिम शिखर माविमा हाजिरी जवाफ प्रतियोगिता सम्पन्न भएको छ ।
गाउँपालिकाको आयोजना तथा जलवायू परिवर्तन स्थानीय अनूकलन (लक) परियोजना, सेभ द चिल्ड्रेनको सहयोगम किर्डाद्वारा संचालित सहयात्रा तेस्रो परियोजनाको सहकार्य तथा समन्वयमा हाजिरी जवाफ प्रतियोगिता सम्पन्न भएको हो ।
प्रतियोगितामा कुल ६ वटा विधालय सहभागी थिए । जसमा दुर्गा मावि लाम्रा प्रथम भएको तातोपानी गाउँपालिका (लक) परियोजना सामाजिक परिचालक रामदेवी चनाराले बताईन् । उनका अनुसार प्रतियोगितामा नेत्र ज्योति मावि हाँकु द्वृत्तिय र हिमशिखर मावि तृत्तिय भएका छन् । प्रथम,द्वित्तिय र तृतिय हुने टिमलाई शैक्षिक सामाग्री पुरस्कार समेत दिईएको छ ।

तातोपानी गाउँपालिका केन्द्रबाट उल्लेखीय विधार्थीहरुको सहभागितामा र्याली निकालेर हिम शिखर विधालयमा आई विभिन्न कार्यक्रम गरिएको थियो ।
लक परियोजनाले तातोपानीमा जलवायू अनुकुलन, खानेपानी, वातावरण संरक्षण, कृषि, उधमशीलता,क्षामता विकास लगायका क्षेत्रमा काम गर्ने छ ।



