लागु औषध सहित थप चार जना पक्राउ

जुम्ला । जिल्ला प्रहरी कार्यालय जुम्लाले लागु औषध सहित थप चार जनालाई पक्राउ गरेको छ । लागु औषध दुव्र्यसनी विरुद्व विशेष अभियान चलाएको जिप्रका जुम्लाले शुक्रबार थप चार जना पक्राउ गरेको हो ।

शुक्रबार ३  बजेको समयमा चन्दननाथ नगरपालिका वडा ‍नं. ५ नाईके मुल स्थित धर्मशालामा लागुऔषध चरेश सेवन गरीरहेको अवस्थामा चार जनालाई पक्राउ गरिएको छ ।

पक्राउ पर्नेमा चन्दननाथ नगरपालिका वडा ‍नं.  १० वस्ने अन्दाजी १९ वर्षिया तपेन्द्र विष्ट ,चन्दननाथ- ५ वस्ने वर्षका २० का पुष्कर बुढा, वडा नं ६ वस्ने वर्ष २४ का ओमकार गहतराज र चन्दननाथ- ५ वस्ने वर्ष २५ का निरज लामा लाई प्रकाउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय जुम्लाबाट प्रहरी सहायक निरिक्षक लाल बहादुर रोकायाको कमाण्डमा खटिएको ५ जनाको प्रहरी टोलीले खानतलासी गरी निजहरुको साथबाट चरेश जस्तो देखिने कालो पदार्थ फेला पारी नियन्त्रणमा लिई  जिल्ला प्रहरी कार्यालय जुम्लामा राखिएको छ ।

लागु औषध (चरेश)  ७२०( सात सय विस) मिलिग्राम रहेको छ ।  जुम्लामा डिएसपी चिरञ्जीवि दाहाल आएसंगै लागु औषध दुव्र्यसनि विरुद्व कडा अभियान संचालन गरिएको छ । 

प्रकाशित मिति : २०८३ जेष्ठ २९ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस