पेश नेपालद्धारा हिमा र सिंजामा बालिका शसक्तिकरणमा डेढ करोड लगानी

हिमा र सिंजामा शसक्त बालिका परियोजनाको सामाजिक लेखा परिक्षण सम्पन्न

जुम्ला । जुम्लाको सिंजा क्षेत्रका दुई स्थानीयतहमा यूवाको उद्यमशीलता विकास तथा बालिका शसक्तिकरणमा डेढ करोड लगानी गरिएको छ । सिंजा क्षेत्रका हिमा गाउँपालिका र सिंजा गाउँपालिकामा उद्यमशीलता विकास, बालिका शसक्तिकरण, सामाजिक कुरिती न्युनिकरण तथा आयआर्जन बृद्धिकाका लागि पेश नेपालले डेढ करोड लगानी गरेको हो ।

प्लान ईन्टरनेश्नल नेपालको आर्थिक सहयोगमा पेश नेपालद्धारा संचालित ‘शसक्त बालिका परियोजना’ मार्फत सन् २०२५ देखी २०२६ सम्म तीन वर्षमा हिमा र सिंजामा १ करोड ४६ लाख बढी बजेट लगानी भएको छ । श्ुक्रबार सम्पन्न परियोजनाको सामाजिक लेखा परिक्षणमा सहभागी हिमा र सिंजाका जनप्रतिनिधिले परियोजना संचालनले सिंजाको उद्यमशीलता विकास, आर्यआर्जन बृद्धि, महिला समुह, बुबा समुह, देखी बालिका शसक्तिकरणमा उल्लेखीय लगानी र सुधार भएको भन्दै धन्यबाद दिए ।

परियोजना अवधिभर भएका गतिविधिको समिक्षा गर्न र आगामी कार्ययोजना निर्माण गर्न सामाजिक लेखा परिक्षण कार्यक्रम गरिएको पेश नेपाल जुम्लाका कार्यकारी निर्देशक किशोर न्यौपानेले बताए । उनका अनुसार सिञ्जामा परियोजना अन्तर्गत बाल विवाह न्युनिकरण,शैक्षिक सुधार,सचेतनामुलक कार्यक्रम गर्नुका साथै स्वरोजगार निर्माणमा सहयोग गरिएको छ । भने हिमालाई जुम्लाकै पहिलो बालविवाह मुक्त पालिका घोषणा गर्नदेखी यूवालाई उद्यमशीलतामा जोडन् र सामुदायिक विद्यालयमा विज्ञान प्रयोगशाला स्थापना गर्न परियोजनाले विशेष योगदान दिएको उनको भनाई छ ।

साथै सिंजामा परियोजनाले ८३ लाख ५२ हजार रूपैया र हिमामा ६२ ६२ लाख ५६ हजार ३२२ रुपैया गरी १ करोड ४६ करोडबढी खर्च भएको पेश नेपालका परियोजना संयोजक अशोक चौधरीले बताए । परियोजना संचालनपछि हिमा गाउँपालिका पहिलो बालविवाहमुक्त घोषणा र सिंजाका ६ मध्य ४ वटा वडा बालविवाह मुक्त घोषणा भएका छन् । यूवाहरु सिप सिकेर आयआर्जनदेखी उद्यमशीलतामा आर्कषित भएका छन् । सिञ्जा गाउँपालिका अध्यक्ष पूर्ण प्रसाद धितालले बालिका परियोजनाले गाउँपालिकामा बाल विवाह न्युनिकरण,बालिकाको सशक्तीकरण र अभिभावक सचेतना लगायतका क्षेत्रमा सकारात्मक काम गरेको बताए । स्थानीय तहले परियोजनाका राम्रा पक्षबारे सिक्नुपर्ने अध्यक्ष धितालको भनाई छ ।

’परियोजनाले तीन वर्षमा राम्रो काम गरेको छ । परियोजनाले गरेका राम्रा कामलाई स्थानीय सरकारले निरन्तरता दिनेछ । परियोजना सकिएपनि संस्थासँग मिलेर काम गर्नेछौ,’,उनले भने,‘परियोजनाका असल अभ्यासहरूलाई आगामी नीति तथा कार्यक्रममा समेट्ने छौ । पढाइ कुनालाई निरन्तरता दिनुका साथै विज्ञान प्रयोगशालालाई थप व्यवस्थित गरेर शिक्षकहरूको क्षमता विकासमासमेत ध्यान दिने छौ ।’
पेस नेपालका कार्यकारी निर्देशक किशोर न्यौपानेले परियोजनाका उपलब्धिलाई संस्थागत गर्दै समस्या र सुधार गर्नुपर्ने पक्षमा स्थानीय सरकारले नीतिगत तवरबाट समाधान गर्ने विश्वास व्यक्त गरे ।

हिमामा सामाजिक लेखा परिक्षण
यसैगरी,प्लान इन्टरनेशनल नेपालको आर्थिक सहयोगमा पेस नेपालद्वारा सञ्चालित सशक्त बालिका परियोजनाको हिमा गाउँपालिकामा सामाजिक लेखा परिक्षण कार्यक्रम छ । गाउँकार्यपालिकाको कार्यालयमा सञ्चालित एक समारोहका बीच परियोजनाको सामाजिक लेखा परिक्षण कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा परियोजना अधिकृत अशोक चौधरीले शसक्त बालिका परियोजनाले हिमा गाउँपालिकामा सञ्चालन गरेका गतिविधिबारे प्रस्तुतिकरण गरेका थिए ।

उनले सो अवसरमा परियोजनाले बालिकालाई शसक्त बनाउनुका साथै स्वरोजगार सिजर्जना गर्न सफल भएको परियोजना अधिकृत चौधरीले बताए । परियोजना अवधिभर बाल विवाहका घटना व्यवस्थापन उद्यमशिला विकासमा समस्या देखिएको उनको भनाइ छ । बाल विवाह न्युनिकरणमा प्राथमिकता,विज्ञान प्रयोगशाला सञ्चालन र शिक्षा ,स्वास्थ्य ,महिला तथा बालबालिका तथा सरसफाइ कार्यक्रमलाई निरन्तरता दिन उनले सुझावसमेत दिए ।

भने नेपाल पत्रकार महासंघ जुम्ला शाखाका कोषाध्यक्ष सागर परियारले खुला सत्र सञ्चालन गरेका थिए । खुल्ला सत्रमा आफ्नो भनाई राख्ने सम्पूर्ण वक्ताहरूले परियोजनाले गाउँपालिकामा राम्रो काम गरेको बताएका थिए । सशक्त बालिका परियोजनामार्फत बाल विवाह न्युनिकरण,शैक्षिक सुधार र सचेतना विकासमा उल्लेख्य उपलब्धि भएको उनीहरूको भनाई थियो । पेस नेपालका कार्यकारी निर्देशक किशोर न्यौपानेले हिमामा परियोजनाले तुलनात्मक रूपमा राम्रो काम गरेको दाबी गरे ।

सामाजिक लेखा परिक्षणको क्रममा उठेका सकारात्मक सुझाव ग्रहण गरिने उनको भनाइ थियो । ’स्थानीय सरकारसँग मिलेर परिणाममुखी काम गरेका छौ । आगामी दिनमा गाउँपालिकामा अन्य परियोजनासँग जोडिन्छौ,झ उनले भने । यस्तै बाल विवाह न्युनिकरणका लागि सबै जवाफदेही हुनुपर्नेमा उनले जोड दिए ।

खुल्ला सत्रमा उठेका जिज्ञासाको जवाफ दिदै हिमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत जालन्धर धुसाल परियोजनाहरूले सञ्चालन गर्ने गतिविधि संख्यात्मक भन्दा परिणाममुखी हुनुपर्नेमा जोड दिए । खुल्ला सत्रमन गाउँपालिकामा विद्यामान बाल विवाह सम्बन्धि प्रश्नहरू बढी उठेको भन्दै उनले बाल विवाह मुक्त पालिका घोषणालाई पूर्ण रूपमा कार्यान्वयनको चरणमा लैजान आवश्यक रहेकोमा जोड दिए । गाउँपालिकाको आगामी नीति तथा कार्यक्रम र बजेटमा परियोजनाले उठान गरेका महत्त्वपूर्ण विषय समावेश गरिने उनको भनाई थियो ।

सशक्त बालिका परियोजनाको सामाजिक लेखा परिक्षण कार्यक्रमको समापन सत्रमा बोल्दै हिमा गाउँपालिकाकी कावा अध्यक्ष सुर्पना शाहीले स्थानीय सरकार र विभिन्न संघ संस्था मिलेर सामाजिक समस्या न्युनिकरणमा हातेमालो गर्न आवश्यक रहेकोमा जोड दिइन् । सशक्त बालिका परियोजनाले हिमा गाउँपालिकामा कुल ६२ लाख ५६ हजार ३२२ रूपैयाँ बजेटमा परियोजना सञ्चालन गरेको थियो । हिमा र सिञ्जामा तीन वर्षदेखि सञ्चालित सशक्त बालिका परियोजना यसै वर्ष सकिदैछ ।

प्रकाशित मिति : २०८३ जेष्ठ २३ गते शनिवार
प्रतिक्रिया दिनुहोस