तातोपानी २ को छिनारा सामुदायिक वनमा आगलागी

सागर परियार जुम्ला ।
तातोपानी गाउँपालिका वडा नं २ स्थित जर्मि गाउँको छिनारा सामुदायिक वनमा आगलागी भएको छ । बुधबार दिउँसो छिनारा सामुदायिक वनको गैसेरी देखि खाजर्मि र खाजर्मि देखि राताकाटिया सम्मको वन क्षेत्रमा आगलागी भएको हो ।

कति क्षेत्रफल वनमा आगलागीले क्षति गरेको छ भन्ने एकिन विवरण आएको छैन् । यदपी, बुधबार दिउसो भएको आगलागी २ नम्बर वडाध्यक्ष कृष्ण बुढा सहितको १ सय ६० जनाको सहभागितामा आगो नियन्त्रण गरिएको स्थानीय समाजसेवी धन बहादुर बुढाले बताए ।

उनका अनुसार आगलागीबाट सल्लाका साना बोटमा बढि क्षति भएको छ । भने, ठुला रुखहरुमा आंशिक क्षति भएको छ । आगलागीबाट स्थानीय शुर बुढाको घाँस र खेतीयोग्य जग्गावरिपरि लगाएको घेराबार र भैर डाँगीको घाँस पुरै जलेको जर्मिका स्थानीय धिर बुढाले बताए । तर आगलागी किन कसरी भयो कसले लगायो भन्ने एकिन छैन् ।

आगलागीका विषयमा खोजी अनुसन्धान भईरहेको छ । छिनारा सामुदायिक वन उपभोत्ता समितिका अध्यक्ष तिला बुढाले भर्खरै उम्रदै गरेका सल्लाका बोटमा आगलागीले क्षति गरेको हुँदा वृक्षा रोपणका लागि वन कार्यालय संग माग गर्ने बताईन् ।

यता वन कार्यालयका अनुसार क्षतिको अनुमगन तथा निरिक्षण गरि बृक्षारोपण कार्यक्रम गर्न सकिने बताएको छ । सुक्खा समय शुरु हुँदै जादा आगालागीका घटना बढ्न भएकाले सबैलाई सजक रहन पनि वन कार्यालयले आग्रह गरेको छ ।

आगलागीबाट हुन सक्ने क्षति रोक्न बालबालिकालाई सलाई लाईटर तथा प्रज्वलन शिल बस्तुबाट टाढा राख्न जरुरी छ ।

प्रकाशित मिति : २०७७ पुष १ गते बुधवार
प्रतिक्रिया दिनुहोस