
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच बालुवाटारमा छलफल सुरु भएको छ ।
प्रधानमन्त्री तथा अध्यक्ष ओलीलाई भेट्न अध्यक्ष प्रचण्ड प्रधानमन्त्री निवास बालुवाटार पुग्नुभएपछि छलफल सुरु भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
प्रधानमन्त्रीका प्रेस विज्ञ रामशरण बजगाईकाअनुसार अहिले बालुवाटारमा दुई अध्यक्षबीच एक्लाएक्लै वार्ता भइरहेको छ ।
आज दिउँसो १:०० बजेदेखि स्थायी कमिटी बस्ने तय भएपनि दुई अध्यक्षबीच १:०० बजेबाट छलफल सुरु भएको प्रेस विज्ञ बजगाईले बताउनुभयो । दुई अध्यक्षबीचको छलफलपछि स्थायी कमिटी बैठक बस्ने नबस्नेबारे टुङ्गो लाग्न सक्ने उहाँले बताउनुभयो ।
प्रधानमन्त्री ओलीले संसद् विघटन गर्ने प्रस्ताव मन्त्रिपरिषदबाट निर्णय गराई राष्ट्रपति कार्यालयमा सिफारिस गर्नुभएपछि देशको राजनीति पुनः तरङ्गित भएको छ ।