कर्णाली उत्सवको दोश्रो संस्करण हुने

जुम्ला । कर्णाली उत्सवको दोश्रो संस्करण आगामी फागुनमा संचालन हुने भएको छ । कर्णालीको आर्थिक, सामाजिक विकासमा कर्णाली उत्सव बहसको महोत्वपुर्ण भुमिका देखिएपछि यस वर्ष दोस्रो संस्करण संचालन गर्ने तयारी भईरहेको हो । सुर्खेतस्थित ऋति फाउण्डेशनको अगुवाइमा कुडा कर्णालीका भन्ने मुल नाराका साथ विषय विषशज्ञ व्यक्तिहरु संग कर्णालीको सम्भावना, अबसर, चुनौती र समधान बारे समृद्धीको लागि बहस अर्थात कर्णाली उत्सव संचालन हुने भएको हो ।

उत्सवको पहिलो संस्करण २०७६ फागुनमा भएको थियो । पहिलो संस्करण प्रभावकारी भएपछि आयोजक ऋति फाउण्डेशनले आइतवार पत्रकार सम्मेलन गर्दै उत्सवको दोस्रो संस्करण आउँदो फागुन २७, २८ र २९ गते तीन दिनसम्मस संचालन गर्ने जनाएको छ । तीन दिन सम्म कर्णाली समृद्धीको बहस सुर्खेतको वीरेन्द्रनगर स्थित बुलबुले उद्यानमा हुने बताइएको छ । आईतबार बिहान आयोजित पत्रकार सम्मेलनमा सहभागी पत्रकार तथा सरोकारवालले यस वर्षको कर्णाली उत्सव कर्णालीका ७९ वटै स्थानीयतहको अपनत्व हुने गरी, सबै क्षेत्र, वर्ग, भाषभाषीको प्रतिनिधित्व हुनेगरी कर्णाली उत्सव संचालन गर्न सुझाब दिएका छन् ।

‘कर्णाली उत्सवः कुडा कर्णालीका को गत वर्ष २०७६ फागुनमा आयोजित पहिलो अध्यायले हामीमा एक प्रकारको उर्जा थपेको छ । आयोजक समितिका संयोजक तथा ऋति फाउण्डेशनका अध्यक्ष कमलराज लम्सालले भने,“मुख्यगरी भाषा, साहित्य, संस्कृति र कलाका माध्यमबाट हुने आर्थिक समृद्धीको बहस गर्यौ । तर यसपाली केन्द्रीकृत सत्ताबाट उपेक्षित कर्णालीका कुडा, विकासमा पछौटठपनको कारण, आर्थिक समृद्धीका मार्गचित्र, शुसासन पारदर्शिताका सबालमा बौद्धिक बसह गरिने छ ।”

विगतको कर्णाली उत्सवले भाष संस्कृति, पर्यटन विकासमा उल्लेखीय भुमिका खेलेको र स्थानीयतहलाई जिम्मेवारी बोध गराएको महसुश समेत भएको स्थानीय बताउँछन् । उत्सवले कर्णालीका मात्र नभई समग्र देशको आर्थिक, सामाजिक, विकासको अबस्थाका बारेमा पनि बिज्ञ संग विमर्श गर्ने लक्ष्य राखेको छ ।

उत्सवमा देशभरका ५० बढी साहित्यकार, लेखक, पत्रकार, कलाकार र विशिष्ट व्यक्तिको अतिथि वक्ताको रुपमा उपस्थिति रहने आयोजक समितिका सदस्य दिनेश गौतमले बताए । विश्वव्यापी कोरोना महामारीबाट नेपाल पनि प्रभावित भएको स्थितिलाई मध्यनजर गर्दै भौतिक दुरीको पालना सहित सकेसम्म धेरै दर्शकको प्रत्यक्ष सहभागिता गराईने छ । फागुन सम्मका कोरोना संक्रमणको खतरा बढेमा भर्चुअलमाध्यमबाट पनि कर्णाली उत्सवलाई निरन्तरता दिईने छ ।

प्रकाशित मिति : २०७७ पुष २० गते सोमवार
प्रतिक्रिया दिनुहोस