कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, जुम्ला
घरभाडा लिने सम्बन्धी आव्हान सूचना
प्रथम पटक प्रकाशिन मिति ः २०७७।०९।२२
यस प्रतिष्ठानको MBBS कार्यक्रम संचालनका लागि आवश्यक घरभाडा लिनु पर्ने भएकोले घर भाडामा लगाउन इच्छुक घरधनीले यो सूचना प्रकाशन भएको मिति बाट ७ दिन अर्थात मिति २०७७÷०९÷२९ गते दिनको ४ः०० वजे भित्र सिलबन्दी दरखास्त पेश गर्न अनुरोध गरिन्छ । यस सम्बन्धमा थप जानकारीको लागि यस प्रतिष्ठानको शैक्षिक प्रशासन शाखामा कार्यालय समय भित्र सम्पर्क गर्न सकिनेछ ।
आवश्यक कागजातहरुः
१) घर कम्तिमा २० कोठाको हुनु पर्ने ।
२) घर प्रतिष्ठानबाट १ किलोमिटरको दुरी भित्र हुन पर्ने ।
३) घर सम्म मोटर बाटो पुगेको हुनु पर्ने ।
४) कम्तिमा १० बटा ट्वाईलेट र वाथरुप हुनु पर्ने ।
५) घर धनि लाल पुर्जा को छायाँकपी
६) घर तिरो तिरेको रसिदको छायाँकपी
७) घर नक्सा पास भएको छायाँकपी
८) घरको निमार्ण सम्पन्न प्रमाणपत्र छायाँकपी
९) घरभाडा दिन ईच्छुक भएको भनि निबेदनमा भाडा दररेट घरबहाल कर सहित कबोल गरि पेश गनु पर्नेछ ।
१०) दरखास्त पेश गर्दा प्रतिष्ठानको कृर्षि बिकास बैंकमा अबस्थीत खाता नं. ०७२१३००६२७९७१०१४ मा रु. १०००।०० जम्मा गरेको सम्कल भौचर राखि पेश गर्नु पर्नेछ ।
नोट ः माथि उल्लेखित कागजातहरु नपुगी दरखास्त पेश भएका प्रस्तावदाताको प्रस्ताव स्वीकृत गर्न प्रतिष्ठान बाध्य हुने छैन ।
रजिष्ट्रारको कार्यालय
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, जुम्ला