प्रचण्डको सुर’क्षामा खटियो पुर्वजनमुक्ति से’ना

हाल दुई जना नेपाल प्रहरीका र करिब १३ जना सशस्त्र प्रहरीका टोली मात्र छन् । यसअघि प्रचण्डको सुरक्षामा नेपाल प्रहरीबाट डीएसपीको कमान्डमा २६ जना र सशस्त्रबाट इन्स्पेक्टरको कमान्डमा ४७ जना गरी ७३ सुरक्षाकर्मी खटिएका थिए । उनको सुरक्षामा खटेका खटिएका सुरक्षाकर्मीहरूको भारी कटौतीसँगै उनको सुरक्षामा पूर्वजनमुक्ति सेनाको टोली खटिएको छ।

सुरक्षा चुनौतीलाई ध्यान दिएर पूर्वजनमुक्ति सेनाको टोली खटाइएको प्रचण्ड-नेपाल समूहका राष्ट्रिय युवा संघ अध्यक्ष रामप्रसाद सापकोटा ‘दीपशिखा’ले पुष्टि गरेका छन् । उनले युवा संघका नेताहरु प्रचण्डको सुरक्षामा खटाएको बताएका छन् । उनीहरु पूर्वजनमुक्ति सेनाको सदस्य रहेको दीपशिखाको भनाई छ ।

‘हामीले युवा संघका साथीहरू खटाएका छौं। उहाँहरू सबै पूर्वजनमुक्ति सेनाका सदस्यहरू हो। उहाँहरूले सुरक्षाका लागि सहजीकरण गर्ने मात्रै हो,’ उनले भने, ‘प्रधानमन्त्रीले मितव्ययिताका लागि भन्दा पनि ‘बदला’ लिने नियतले सुरक्षा टोली कटौती गर्नुभएको हो। अब कसरी अघि बढ्ने भनेर हामी थप छलफल गर्दैछौं।’

दीपशिखाका अनुसार प्रचण्डको सुरक्षामा पूर्वजनमुक्ति सेना नेपालका बटालियन कमाण्डर प्रकाश पाण्डे (प्रलोक) को नेतृत्वमा १० जनाको टोली खटाइएको छ । प्रचण्डलाई अहिले पनि सुरक्षा चुनौती भएका कारण पूर्वजनमुक्ति सेनाका सदस्यहरुलाई उनको सुरक्षामा खाटाएको बताइएको छ । दीपशिखाका अनुसार प्रचण्डको सुरक्षामा पूर्वजनमुक्ति सेना नेपालका बटालियन कमाण्डर प्रकाश पाण्डे (प्रलोक) को नेतृत्वमा १० जनाको टोली खटाइएको छ ।

शान्ति प्रक्रियामा आएदेखि नै ‘प्रलोक’ प्रचण्डको सुरक्षा टोलीमा थिए। प्रचण्ड प्रधानमन्त्री भएपछि उनी शक्तिखोरस्थित तत्कालीन जनमुक्ति सेनाको तेस्रो डिभिजनमा थिए। सेना समायोजनमा स्वेच्छिक अवकाश रोजेका उनी वाइसीएलमा थिए। नेकपा गठन भएपछि उनी राष्ट्रिय युवा संघमा आवद्ध छन्।

प्रकाशित मिति : २०७७ फाल्गुन ६ गते बिहिवार
प्रतिक्रिया दिनुहोस