शनिबार पत्रकार महासंघ परिसरमा भेला भएको पोखरेल प्यानलले मतान्तर निकै फराकिलो भएकाले जित निश्चित भएको भन्दै खुसीयाली मनाउँदै अविरजात्रा गरेको हो ।
निर्वाचन समितिले भने विजेताको औपचारिक घोषणा गर्न अझै केही समय लाग्ने बताएको छ । मुलुक संघीय संरचनामा गएपछि महासंघको नेतृत्व पहिलो पटक प्रत्यक्ष निर्वाचन प्रणालीबाट चयन गरिएको हो।
बुधबार महासंघको नयाँ नेतृत्व चयनका लागि देशभर मतदान भएको थियो ।
केन्द्रीय समितिको ४९ पदका लागि १५२ को उम्मेदवारी परेको थियो भने केन्द्रीय समितिको अध्यक्षमा विपुल पोखरेल र निर्मला शर्माले प्यानलसहित उम्मेदवारी परेको थियो ।
यस्तै गजेन्द्र सिंह बुढाथोकी पनि अध्यक्षको प्रत्यासी रहेका थिए ।
महासङ्घका जिल्ला शाखा ७७, प्रतिष्ठान शाखा ४२, एसोसिएट सदस्य ११, वैदेशिक शाखा नौ, प्रदेश परिषद् १०, प्रदेश समिति १०, केन्द्रीय परिषद् र केन्द्रीय समिति रहेका छन् । महासङ्घको केन्द्रीय समिति ४९ सदस्यीय रहेको छ भने प्रदेश समिति २१ सदस्यीय रहने विधानको प्रावधान छ । जिल्ला तथा प्रतिष्ठान शाखा भने सदस्य सङ्ख्याअनुसार रहने व्यवस्था छ ।