क्याटलग सपिङ्ग बिधिबाट मिनिटिलर खरीद सम्बन्धि प्रस्ताव आह्वानको सूचना

 

नेपाल सरकार

कृषि तथा पशुपंक्षी विकास मन्त्रालय

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना

परियोजना कार्यान्वयन इकार्इ

खलङ्गा, जुम्ला

सूचना नं: २०

 

क्याटलग सपिङ्ग बिधिबाट मिनिटिलर खरीद सम्बन्धि प्रस्ताव आह्वानको सूचना

 

प्रथम पटक प्रकाशित मिति M २०७७/१२/२९

यस परियोजनाबाट कृषक समूह/उद्यमी/सहकारीको माग अनुसार ५० प्रतिशत अनुदानमा मिनिटिलर वितरण गर्न सार्वजनिक खरीद नियमावली २०६४ (चौंथो संसोधन) को नियम ३१ (ख) बमोजिम र उत्पादक वा अधिकृत विक्रेताद्धारा निर्धारित दरमा (क्याटलग सपिङ्ग) विधिबाट गरिने खरीद बमोजिम खरिद प्रयोजनका लागि सूची तयार गरि, मौजुदा सूचीबाट स्वीकृत स्पेसिफिकेसन अनुसारका मिनिटिलर खरिद गर्नु पर्ने भएकोले इच्छुक उत्पादक वा अधिकृत विक्रेताले देहाय बमोजिमका ३ वटा क्रियाकलाप अनुसार गर्नु हुन सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ ।

 

तपसील

क्र.स विवरण आवश्यक कागजात समयसिमा दरभाउपत्र खोल्ने मिति कैफियत
मौजुदा सूचीमा सूचीकृतका लागि

निवेदन दिनु पर्ने

 

·         उत्पादक कम्पनी वा त्यसको अधिकृत/आधिकारीक विक्रेताको सहि छाप सहितको निवेदन

·         व्यवसायिक अनुमति पत्र (व्यवसायको प्रकृतिसंग सम्बन्धीत)

·         स्थायी लेखा प्रमाण पत्र र मुल्य अभिवृद्धि कर दर्ता प्रमाण पत्र

·         गत आ.व. को कर चुक्ता प्रमाण पत्र

·         कालोसुचीमा परे नपरेको

२०७८/०१/०५ सम्म मौजुदा सूची मिति २०७८/१/६ मा प्रकाशन गरिने छ ।
सिलवन्दी प्रस्ताव पेश गर्नु पर्ने मालसामान उत्पादक कम्पनी वा त्यसको अधिकृत/आधिकारीक विक्रेताले प्रस्ताव पेश गर्दा क्र.स १ मा उल्लेखित कागजात सहित मिनिटिलर विक्रि गर्न चाहने उत्पादक कम्पनी वा त्यसको अधिकृत विक्रेताले उत्पादनको आधिकारिक स्पेसिफिकेशन, गुणस्तर,मूल्य र सुविधा सहितको विवरणका अतिरिक्त क्याटलग वा व्रोसर संलग्न राखी यस कार्यालयमा सिलवन्दी सहितको प्रस्ताव दर्ता गराउनु पर्नेछ । २०७८/०१/०७ गते अपरान्ह ३ बजे सम्म २०७८/०१/०७

अपरान्ह ३ बजे पछि

मूल्याङ्कन प्रक्रियालाई एक रुपता बनाउनका लागि आवेदकहरुले स्वीकृत स्पेशिफिकेसनमा उल्लेख भएका हरेक विवरणहरु अनिवार्य रुपमा उल्लेख गरेको हुनु पर्ने छ ।
सिलवन्दी आर्थिक प्रस्ताव पेश गर्नु पर्ने मिनि टिलर उत्पादक कम्पनी वा त्यसको अधिकृत/आधिकारीक विक्रेताले आर्थिक प्रस्ताव पेश गर्दा उत्पादनको आधिकारिक स्पेसिफिकेशन, गुणस्तर,मूल्यमा पाईने छुट सहित जुम्लाको खलङ्गाबजार सम्मको मूल्य र थप सेवा सुविधा सहितको विवरण संलग्न राखी यस कार्यालयमा सिलवन्दी सहितको आर्थिक प्रस्ताव दर्ता गराउनु पर्नेछ ।

 

२०७८/०१/०७

अपरान्ह ३ बजे सम्म

२०७८/०१/०७ गते

अपरान्ह ३ बजे पछि

अनुमानित ४५ वटा सम्म मिनिटिलर खरिद गर्न सकिने ।

 pmamp.piu.jumla @gmail.com, Websites: piujumla.pmamp.gov.np

मिनि टिलरको स्वीकृत स्पेशीफिकेशन

सि.नं. खरिद गर्नु पर्ने मेशीनरी औजारको नाम मिनिटिलरको स्पेशीफिकेशन
1 Mini Tiller Petrol/Diesel engine with engine Model, Horse power minimum 7 hp, Transmission system (Belt or Gear), Fuel tank capacity atleast 3 lit, Cooling system: Air cool, Brand, Model, No of blades: at least 24, Country of manufacture

प्रकाशित मिति : २०७७ चैत्र २९ गते आइतवार
प्रतिक्रिया दिनुहोस