
सागर परियार ।
जुम्लामा दुईदिन देखि ईन्टरनेट र फोन सेवा अनिश्चित रुपमा अबरुद्ध हुँदा उपभोक्ता मारमा परेका छन् । शुक्रबार रातीदेखि अबरुद्ध भएको ईन्टरनेट र फोन सेवा आईतबार विहानदेखि फोनले फाटफुट रुपमा काम गरेपनि ईन्टरनेट सेवा भने पुर्ण रुपमा अबरुद्ध हुँदा उपभोक्ता मारमा परेका हुन् ।
फोनमा पनि कुरा नबुझिने,आवाज स्पष्ट नआउने, बीचबीचमा फोन कट्ने समस्या रहेको छ । बैशाख महिनादेखि क्षामता अभिबृद्धि गरेर विगतको भन्दा नेपाल टेलिकमले सेवा प्रभावकारी बनाउने भनिएपनि अबस्था नसुध्रिएको छैन् ।
महिनै पिच्छे संचार सेवा अबरुद्ध हुने जुम्लामा नागरिकले नेपाल टेलिकमबाट सेवा भन्दा बढी सास्ती पाएको नेपाल पत्रकार महासंघ जुम्लाका अध्यक्ष नेत्र बहादुर शाहिले बताउनुभयो ।
उहाँले भन्नुभयो,“साढे दुईदिन देखि ईन्टनेट सेवा पुर्ण अबरुद्ध छ । फोन सेवा पनि राम्रो छैन् । स्थानीय सर्वसाधारणको सम्पर्क टुटेको छ । भने, ईन्टरनेट नहुँदा बैंक तथा वित्तिय क्षेत्र तथा संचारगृहहरुको नियमित काम ठप्प भएको छ ।”
बैशाखदेखि क्षामता बढाउने भनिएकोमा उल्टै सेवा अबरुद्ध भएकोले तत्तकाल सुधार गर्नुपर्ने उहाँको जोड छ । सुधार गर्ने भन्दै महिना वर्ष बितिसक्दा पनि सहज टेलिफोन तथा ईन्टरनेट सेवा नपाउँदा जुम्ली उपभोक्ता मारमा परेका हुन् ।
यता नेपाल टेलिमक जुम्लाका प्रमुख रामचन्द्र श्रेष्ठले सदरमुकामको पुर्व चिमारा स्थित रिपिटर टावरको टान्समिसन सिस्टममा समस्या आएकोले संचार सेवा अबरुद्ध भएको बताउनुभयो । उहाँले मर्मत कार्य नियमित भईरहेको तर सुधार ठयाक्कै कहिले हुन्छ भन्ने नसकिने बताउनुभयो । चिमाराको रिपिटर टावरको टान्समिसनमा समस्या आएकोले गर्दा संचार सेवा अबरुद्ध भएको हो ।
बैशाख महिनाबाटै विगतको भन्दा क्षामता दोब्बरले बढ्ने र संचार सेवा पनि प्रभावकारी हुने भनिएपनि सामान आउन सढलाई भएकोले प्रमुख श्रेष्ठको भनाई छ । सामान नेपालगन्ज पुगिसकेको र केहि दिनमा जुम्ला आएपश्चात क्षामता अभिबृद्धिको काम पनि शुरु हुने छ । तर क्षामता अभिबृद्धि भएर सेवा शुचारु हुन भने करिब एक महिना लाग्ने उहाँले उल्लेख गर्नुभयो ।
हाल जुम्लामा जम्मा ४ सय ८९ एमबी मात्रै क्षामता भएको र ग्राहक क्षामता भन्दा दोब्बरले बढी भएकोले समस्या हुने गरेको थियो । तर पछिल्लो समय हिमपात र वर्षातका कारण टान्समिसनमा आएको खराबीले ईन्टरनेट र टेलिफोन सेवामा समस्या आएको प्रमुख श्रेष्ठको भनाई छ । मर्मतकार्य जारी रहेकोले फोन सेवामा राम्रो कुरा नबुझिने बिचमा काटिने गरेको र केहि दिनमा सुधार हुने बताइएको छ ।
साथै जुम्लाका नागरिक अगुवाहरुले नेपाल टेलिकम संग प्रयाप्त प्राविधिक ज्ञान भएका जनशक्ति नभएकै कारण पटक पटक संचार सेवा अबरुद्ध हुने गरेको गुनासो गरेका छन् । दक्ष जनशक्ति नभएकै सामान्य समस्या हुँदा पनि २÷३ दिन संचार सेवा अबरुद्ध हुने अबस्था रहेको छ ।
भ्ने, जुम्लामा ल्याण्डलाईनको क्षामता ७ सय २५ लाईन भएकोमा हाल सम्म ७ सय ५ लाईन प्रयोग भईसकेको छ । त्यस्तै,लिज लाईन,एडिसियल लाईन विटिएस लाईन, फोजी, थ्रि जी लगायतका सबै लाईनको क्षामता भन्दा दोब्बर ग्राहक हुँदा समस्या आएको हो ।