काठमाडौँ । नेपालमा थप ८ हजार १६७ जना कोरोना भाइरसका सङ्क्रमित भेटिएका छन् ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १७ हजार ९७१ जनाको पिसिआर तथा ५७७ जनाको एन्टिजेन परीक्षण गरिएकामा क्रमशः ८ हजार ४६ र १२१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
यससँगै देशभर कोरोना सङ्क्रमित ४ लाख ४७ हजार ७०४ पुगेका छन् । हालसम्म २७ लाख ५१ हजार ४८१ को पिसिआर परीक्षण भएको मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा ५ हजार ४५५ जना उपचारपछि निको भएर घर फर्किएका छन् । हालसम्म कोरोना जितेर घर फर्किनेको सङ्ख्या ३ लाख ३३ हजार १०८ पुगेको छ ।
कोरोना निको दर ७४ दशमलव ४ प्रतिशत छ ।
यस्तै गत २४ घण्टामा थप १८७ जनाको मृत्यु भएसँगै कुल मृतकको सङ्ख्या ४ हजार ८५६ पुगेको छ ।
आजसम्म मुलुकभर सक्रिय सङ्क्रमितको सङ्ख्या १ लाख ९ हजार ७४० छ ।
प्रकाशित मिति : २०७८ जेष्ठ १ गते शनिवार