हुम्लामा शिक्षकले कुटे स्वास्थ्यकर्मी

जुम्ला ः हुम्लाको चंखेली गाउँपालिका – ३ मिमि घर भई हाल सोही गाउँपालिका स्वास्थ्य संयोजक ५० वर्षीय कालिबहादुर बुढालाई चंखली गाउँपालिका–४ को पाली गाउँ स्थित गौरी संकर प्राविका प्रधानाध्यापक अमृत रोकायाले कुटपिट गरेको भन्दै प्रहरीमा उजुरी परेको छ ।

०७८ जेठ २१ गते आफुलाई कुटपिट गर्ने दोषीलाई कार्वाहीको माग राख्दै जेठ २१ गते नै चंखेली गाउँपालिकाको कार्यालय र प्रहरीचौकी मेल्छाममा स्वास्थ्य संयोजक बुढाले उजुरी दिएका हुन् ।

शिक्षक रोकायाकी श्रीमति कोभिड १९ को संक्रमितले होम आईसोलेशनमा बसेको र दैनिक बिरामी भेट्न नआएको आरोप लगाउँदै आफुलाई कुटपिट गरेको स्वाथ्य संयोजक बुढाले बताए ।

कोरोना संक्रमितलाई दैनिक उपचार गर्न किन नआएको भन्दै शिक्षक रोकायाले स्वास्थ्यकर्मी बुढालाई देख्ने बित्तिकै हातपात गरेको जिल्ला अस्पताल हुम्लाकी अनमी सरिता बोहराले बताइन् ।

अनमी बोहराका अनुसार स्वास्थ्य संयोजक बुढाको शरिर माथि आगो लगाउने भन्दै स्प्रीड पनि छरिएको तर नजिकै अन्य मानिस भएका कारण घटना हुन नपाएको भनाई छ ।

स्वास्थ्य संयोजक बुढामाथि दुव्र्यवहार भएकै हो र घटनका बारेमा थप अनुसन्धान गरि कानुन अनुसार काम गर्ने डिएसपी हेरम्व सर्माले बताए । त्यस्तै गाउँपालिकाले पनि घटनाका बारेमा थप छलफल गर्ने भएको चंखेली गाउँपालिका अधयक्ष धनलाल चौलागाइले बताए ।

स्वास्थ्य सेवा कार्यालय हुम्लामा जानकारी आए लगतै र प्रहरीलाई सत्य तत्थ्य बुझ्न र अनुसन्धान गर्न पठाएको प्रमुख जिल्ला अधिकारी गणेश आचार्यले बताए । अनुसन्धानपछि शिक्षकमाथि कारबाही हुने प्रजिअ आचार्यको भनाइृ छ ।

 

प्रकाशित मिति : २०७८ जेष्ठ २१ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस