जुम्ला । नेपाल सरकारको संघ,प्रदेश र स्थानीय तहमा रहेर काम गरेको आधारमा नितान्त निजि बिचार प्रस्तुत गरेको छु ।
इतिहास कै कठिन अबस्थामा तपाई देशको ४४ औ प्रधानमन्त्री हुनु भएको छ,सर्बप्रथम बधाई । मेरो नितान्त ब्यतिगत बिचारमा आधारित भएर भन्नू पर्दा इतिहासकै छाेटाे समय तपाई कार्यकारी प्रधानमन्त्री हुने देखिन्छ , किनकी ३० दिन भित्र तपाईंले ससद बाट बिश्वासको मत पाउने सम्भावना म देख्दिन । हुन त राजनीति अनेकौं सम्भावनाको खेल हो,मेरो बुझाई गलत भएमा पनि म दुखी हुने छैन ।
कम बोल्ने ,हक्की ,कुटनैतिक चातुर्यतामा सप्पन्न तपाईंलाई तपाईंको ३० दिने कार्यकालमा कसैको दबाब र प्रभावमा नपरी नाटकियरुपमा तपशिलका कार्य गर्नु भयो भने आज सम्म तपाई माथी लागेका आरोप गलत साबित मात्र हुने छैनन् आशन्न हुन लागेको तपाईंको आफ्नै पाटिकाे महाधिवेशन र आबधिक वा मध्यावधि चुनाबमा देश देउबामय हुनेछ र नेपालको इतिहासमा छैटौं पटक देशको कार्यकारी पदमा पुगि इतिहास रच्ने र राष्ट्र निर्माता बन्ने सु -अबसर पार्प्त हुनेछ ।
१.सानो छरितो स्वच्छ छवि भएका ब्यतिलाई ३० दिने मन्त्री बनाउनुहोस । पछि कार्यकाल थप घट हुन सक्छ ।
२.मन्त्री परिषदमा तपाईले पाएको एकल निर्णय गर्ने अधिकारलाई सामुहिक निर्णय गर्ने (Team Work,Team sprit ) परिपाटी बसाल्नुहोस ।
३.हरेक दिन १ घण्टा मन्त्री परिषदको बैठक बस्ने ब्यबस्था गर्नुहोस र प्रत्येक दिनको समिक्षा,सुधार,गर्नुहोस् ।
४.तपाईंको सचिबालयमा राजनैतिक आस्थाका आधारमा होइन स्वतन्त्र हरेक बिषय क्षेत्रमा बिग्यता हाशिल गरेका ब्यतिहरुको समूह बनाई दैनिक सुझाव सल्लाह लिनुस ।
५.छिमेकी दुई ठुला उदियमान अर्थतन्त्र बोकेका मुलुकहरु चीन र भारत सङ समान सुमधुर सम्बन्ध राखी नेपालको हित हुने गरि कुटनैतिक सम्बन्ध कायम गर्नुहोस् ।
६,भारत तथा चीन सङ तत्काल समन्वय गरि सिमा बिबाद समाधानको लागि एक उच्च स्तरीय सिमा बिबाद सयन्त्र गठन गरि नेपाली भुमी कालापानीमा रहेको भारतीय सेना बहिर्गमनमा आम नेपाली समक्ष तत्काल प्रतिबद्धता गर्नुहोस् ।
७.अमेरिकी सहयोगको रूपमा रहेको MCC नेपाली हित अनुकुल भए पनि अब नेपालले स्वीकार नगर्ने प्रतिबद्धता गर्नुहोस् जसले तपाईं माथी लागेको अमेरिकी चार्ज गलत हुनेछ र अबुझ फेस्बुके नेपाली माझ तपाईंको हाई हाई हुनेछ ।
८.संघीयतामा कार्यनयन गर्न बाकी कामको फेहरिस्त बनाई पुर्ण कार्यनयनको लागि ३० दिने स्वोत पत्र जारी गर्नुहोस् जसमा प्रदेश तहको खारेजी गरि सघ र स्थानीय तहको दुई तहको सरकार हुने निर्णय गर्नुस,जसले देशको ठुलो फजुल खर्च रोक्नुका साथै बलियो स्थानीय सरकारको बिकास हुनेछ । यसबाट पनि तपाईंले ठुलो जनमत प्राप्त गर्नु हुनेछ ।
९.जनताको आधारभुत आबश्यकता र सरकारको अहम् जिम्मेवारी रहेको शिक्षा,स्वास्थ पुर्ण निशुल्क गर्ने घोषण गर्नुहोस् ,सम्पुर्ण निजि तथा ब्यापारिक शिक्षण र स्वास्थ सस्था सरकार मातहत लिनुस भलै जुन कुरा तपाईंको पाटिकाे निजीकरण र उदारीकरणको नीति बिपरित छ ।
१०.सम्पुर्ण देशको सेवा प्रबाह प्रबिधि मैत्री बनाउनुहोस मतलब digital Nepal घोषण गर्नुहोस् ।
९.१२ महिनामा ८ महिना घाम तापेर,गफ
गरेर,सामाजिक संजाल चलाएर,शेयर कारोबार गरेर दिन बिताउने यति ठुलो भद्दा निजामती कर्मचारीको सगठन सरचना सानो,छरितो,बैज्ञानिक,प्रबिधि मैत्री,Specilist,राजनैतिक रूपमा पुर्ण तठस्त अधिकृत मुखी निजामती सेवा समूह गठन गर्नुहोस् जसले तपाईंको सेबा प्रबाह पारदर्शी हुनेछ र राज्यको अथाह स्रोत जोगिने छ। अन्य आबश्यक जनशक्ति करारमा कामको आधारमा ब्यबस्थापन गर्नुहोस् ।
१०.३० दिन भित्र सम्पुर्ण नेपालीलाई कोरोना खोपको लागि एउटा 24 hours काम गर्ने उच्चस्तरीय Task force गठन गरि खोप लगाउनुस ।
११.महाभुकम्प,महामारीले शिथिल बनाएको अर्थतन्त्रलाई चलाएमान बनाउन वैदेशिक रोजगारीबाट फर्केका,नेपाल मै बेरोजगार भै बसेका सम्पुर्ण नेपालिलाई एउटा प्याकेज मार्फत निजहरुको सीप र क्षमता बमोजिमको सामुदायिक काममा लगाउने कार्ययोजना तयार गर्नुहोस् ।जसले युबामाझ तपाई लोकप्रिय मात्र होइन देशको समग्र बिकासले गति लिनेछ । देशको उत्पादन वृद्धि भै आयात घटि निर्यात बढनेछ ।
१२.सम्पुर्ण प्रकारका गैरकानुनी क्रियाकलाप (चोरी,हत्या,हिंसा,सुन तस्करी,हुन्डि,भष्टाचार,राजश्व छलि)मा कडा रूपमा प्रस्तुत हुनुहोस् ।शुन्य सहनशीलता अपनाउनु होस । तेसले तपाईं माथी लाग्ने गरेका राजनैतिक तथा अपराधिक आरोप गलत साबित होउन ।
१३.राष्ट्रिय गौरव तथा रुपान्तरणमुखी योजना आयोजनाको सन्चालन तथा ब्यबस्थापनका लागि एउटा अधिकार सम्पन्न आयोग गठन गर्नुहोस् जसले ती आयोजना तोकिएको समय ,लागत र गुणस्तरमा सम्पन्न गर्न अहोरात्र लागोस । जसबाट देशले लिएको समृद्ध नेपाल सुखी नेपालीको नारा व्यबहारमा रुपान्तरण हुनेछ ।
१४.देशभरका सानो वा ठुलो कार्यलयको कार्यलय प्रमुख,संबैधानिक निकाय प्रमुख , छनोटका लागि देशभरका निश्चित योग्यता पुगेका राष्ट्र सेबक बाट १ बर्शे सुधार कार्ययोजना खुल्ला रुपमा माग गर्नुहोस् ,निश्चित मापदण्डका आधारमा छनोट गर्नोस् ,र सुधारको प्रतिबद्ध कबुलियतनामा सहित नियुक्ति गर्नुहोस र नाम मात्रको अनुगमन सयन्त्र होइन सहयोगी,संचालित काममा सहजीकरण गर्ने ,काममा आईपर्ने बाधा फुकाउने र माथिलो निकायमा प्रतिबेदन गर्ने वास्तविक अधिकार सम्पन्न अनुगमन सयन्त्र स्थापना गर्नुहोस ।
१५. तपाईका आदर्श वाक्य र साहित्यका रचना जस्ता देखिने वा,तर,र,माथी,तोकिय बमोजिम,प्रतिबन्धान्त्मक बाक्यक्स जस्ता जुन सुकै अर्थ लाग्न सक्ने महाभारत जस्ता कानुन,नीति,नियमलाई छाेटाे,सरल सबै नेपालीले बुज्ने भाषामा तयार गर्नुहोस् । सिधा सिधा बोल्ने कानुन निर्माण गरि कानुनका नौ सिङ्ग हुन्छ्न भन्ने भनाईलाई गलत साबित गर्नुहोस् ।
१६.तपाईंको बोली नबुजिए पनि व्यबहारमा उदाहरण लायक काम गर्नुहोस् यसबाट तपाईंको बोली बुझिएन भन्ने हरु चुप लाग्ने छ्न र तपाईंलाई प्रजातान्त्र प्राप्तिको लागि निरङ्कुश सासकले जिब्रोमा करेन्ट लागाएकोले बोली नबुझिएको रहेछ भन्ने बुज्नेछ्न ।
१७.फुलमाला,अबिर,दोशल्ला र सम्मानमा समय नबिताउनुस ।
प्रधानमन्त्री ज्यु तपाईं सङ एकदमै छाेटाे समय छ । ३० दिनभित्र तपाईंले के गर्न सक्नुहुन्छ गर्नुहोस् । भारतीय नायक फिल्म हेर्नू भएको होला नि । एक दिन नायक मुख्यमन्त्री हुन्छ । २४ घन्टामा उसले गरेको कामले उ त्यहाँको नेतुत्व मा स्थापित हुन्छ । तपाईंलाई यहि फिल्म जस्तो रुपान्तरण गर्ने समय मात्र छ । सम्भब छ वा असम्भव तपाईं जान्नु होला । कुरा यत्ती मात्र के हो भने ४-४ पटक प्रधानमन्त्री हुदा समेत आफ्नो उच्च छवि बनाउन नसक्नु भएका ७५ बर्शे तपाईं एक पटक देश र जनताको वास्तविक नायक बन्ने यो अबसर बाट पछि हटनु हुने छैन म बिश्वासमा छु । हुन त यो मेरो मामुली सुझाव हेर्ने र बुज्ने तपाईंलाई समय नहुनेमा म ढुक्क छु र तपाईंको नजरमा नपुग्नेमा पनि ढुक्क छु । बाकी तपाईलाई ३१औ दिनमा लेख्ने छु ।
टाेपबहादुर वुढा
सामाजिक बिकास अधिकृत
सामाजिक बिकास कार्यलय,जुम्ला