उमेश बुढा सिंजा
सिंजा गाउँपालिकाका ५० जनाको कोरोना परिक्षण गरिएको छ । कोरोना संग मिल्दो जुल्दो लक्षण भएका ५० जनाको मंगलबार कोरोना परिक्षण गरिएको हो । नराकोट स्वास्थ्य चौकिमा ११ जनालाई आरडिटी र ३९ जनालाई पिसिआर चेक गरेको स्वास्थ्यको लागि सक्षम प्रणालीका जुम्लाका हेल्थ इमर्जेन्सी टेक्निकल अफिसर विनोद पंथले जानकारी दिए ।
सिजा गाउँ पालिका भित्र रहेका जनप्रतिनिधि ,जनता, सरकारि तथा गैरसरकारी कार्यलयका कर्मचारी इच्छुक व्यत्तिलाई परिक्षण गरिएको सिंजा गाउँपालिकाका स्वास्थ्य सयोजक नर बहादुर रोकायाले बताए ।
सिजा गाउँ पालिकाको वडा नम्बर १देखि ६ सम्मका गाउँ गाउँमा कोरोना रोगसँग मिल्दोजुल्दो लक्षण अझै देखिएकाले जिल्लामा पहल गरेर कोरोना परिक्षण गरिएको हो सिजा गाउँ पालिका अध्यक्ष देवलसिह रावलको भनाई छ ।
अध्यक्ष रावलका अनुसार सिँजा गाउँपालिकामा बालबालिका,युवायुवती,जेष्ठनागरिक, जनप्रतिनिधि र कर्मचारीलाई लामो समय सम्म ज्वरो आउने, खाना खान मन नलाग्ने , सुक्खा खोकि लागिरहने जस्ता लक्षण गएकाको पालिकामा गुनासो आएपछि परिक्षण गरिएको हो ।
नराकोट स्वास्थ्य चौकीमा कोरोनाको चेक गर्न आउनु हुने स्वास्थ्य कर्मिलाई धन्यवाद दिदै, भौतिक सामाग्रीको सहयोग गरेको नराकोट स्वास्थ्य चौकिका निमित्त इन्चार्ज लंकराज धितालले बताए ।
स्थानीय निकायमा पछिलो समयमा कोरोनाको डहर बढेपछि सिजा गाउँ पालिकामा आएर आरडिटी र पिसिआर जाँच गरिएको प्रमुख जिल्ला अधिकारी विजया कुमारी प्रसाईले बताईन् ।
गत सालको भदौ ९ गते सिजा गाउँ पालिकामा कोरोनाको परिक्षण २०९ जनालाई गरेको थियो । २०९ जनामा रिपोट नेगेटिभ आयको थियोे । मंगलबार परिक्षण गरिएको ५० जनाको नतिजा आउन भने बाँकी रहेको छ ।