सागर परियार ।
जुम्लाको पातारासी गाउँपालिकामा भारी बर्षाका कारण आएको बाढीले मानवीय तथा ठुलो भौतिक क्षती गरेको छ । मंगबार राती भएको भारी बर्षाका कारण आएको बाढीले पातारासी क्षेत्रका दर्जनौ काठेपुल तथा पानी घट्ट बगाएको छ । मकै,आलु,सिमि,कोदो चिनो लगायतको अन्नबाली रोपिएका खेतबारी बगरमा परिणत भएका छन् ।
भने, पिठा पिस्न घट्ट गएकी पातारासी ३ छुम गाउँकी ३० वर्षिय सर्मिला बुढालाई बाढीले घट्ट सहित बगाएपछि मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्तक बुढाको बुधबार प्रहरीले मुचुल्का गरेर आफन्तले दाहासंस्कार समेत गरिकेका छन् । पातारासीका ७ वटै वडामा बाढीले क्षती पुराएको छ ।
तर अन्य क्षेत्रभन्दा वडा नं. ३ छुमा बढी क्षती भएको स्थानीय श्रीराम बुढाले बताउनुभयो । उहाँले भन्नुभयो,,“आवतजावत गर्न पुल पनि छैन् । बाली सबै बालुवामा परिणत भएको छ । भने,घरनै बगाउने चिन्ताले राती जाग्राम बस्छौ ।”
भने,पातारासी नम्बर वडामै ७ वटा पानी घट्ट समेत बगेको पातारासी गाउँपालिकाका विपद व्यवस्थापन शाखा प्रमुख जन महताराले बताउुभयो । उहाँका अनुसार लुम तथा छुम गाउँ जोड्ने करिब एक दर्जन बढी काठेपुल बगाउँदा आवतजावतमा समेत समस्या भएको छ । भने, करिब २५ वटा पशुचौपाय समेत बाढीले बगाएको विपद व्यवस्थापन शाखा प्रमुख महताराले जानकारी दिनुभयो ।
त्यस्तै पातारासी गाउँपालिका ४ लुममा पनि ५÷६ काठेपुल बगाएको छ । साथै गोडमेल गरेर पाक्न थालेका अन्नबालीहरु पुर्ण क्षती भएको छ । भने नदी आसपासका खेतीयोग्य जमिन पनि कटान गरेर लिएको छ । भने, वर्षा संगै बाढी आउने क्रम जारी रहेकोले क्षतीको विवरण भने एकिन आउन बाँकी रहेको पातारासी गाउँपालिकाका अध्यक्ष लछिमन बोहोराले बताउनुभयो ।
उहाँका अनुसार बाढी परि मृत्यु हुनेलाई गाउँपालिकाले तत्तकाल २५ हजार राहत स्वरुप उपलब्ध गराउने छ । भने काठेपुल बगाउँदा आवतजावत बन्द भएकोले तत्तकाल आवतजावत सहज गर्न मर्मत तथा पुनःनिर्माणको कामलाई तत्काल अघि बढाईने अध्यक्ष बोहोराले उल्लेख गर्नुभयोे ।
उहाँले भन्नभुुयोे,“पालिकाका विभिन्न क्षेत्रमा बाढी पहिरो आएको छ । घरभित्रै बाढी बसेर केहि परिवार विस्तापित पनि भएका छन् । भने थुप्रै बाटाघाटा पनि भत्केका छन् । तत्काल कार्यपालिका बैठक बसेर राहत उद्दार तथा मर्मत सम्भारलाई अघि बढाउछौ ।”