पक्राउ पुर्जी जारी भएको १ महिनापछि जातीय विभेद गर्ने वडाध्यक्षका छोरा पक्राउ,वडाध्यक्ष अझै फरार

सागर परियार ।

दलित युवामाथि जातीय विभेद गर्ने वडाध्यक्षका छोरा पक्राउ परेका छन् । जुम्लाको सिंजा गाउँपालिका वडा नम्बर ६ का अध्यक्ष कालीबहादुर बुढाका छोरा नविन बुढा पक्राउ परेका हुन् । वडाध्यक्ष काली बहादुर बुढा र उनका छोरा नविन बुढाले सोही गाउँ कै दलित यूवा विवेन्द्र नेपाली माथि वडा कार्यालय मै जातीय विभेद गरेको आरोपमा वडाध्यक्ष बुढाका छोरा नविन बुढा पक्राउ परेका हुन् ।

यसअघि पीडित विवेन्द्र नेपालीले असार २५ गते प्रहरीमा जाहेरी दिएका थिए । जाहेरी दिएर पक्राउ पुर्जी जारी भएको करिब एक महिनापछि प्रहरीले वडाध्यक्षका छोरा पक्राउ परेको जिल्ला प्रहरी कार्यालय प्रहरी निरिक्षक यौवनकुमार चौधरीले बताउनुभयो ।

आज ४ बजे वडाध्यक्षका छोरा पक्राउ परेको र कहाँ कसरी पक्राउ परेको हो भन्ने बारे खुलाउन नमिल्ने प्रहरी निरिक्षक चौधरीले थप जानकारी दिन मानेनन् । उहाँका अनुसार छोरा पक्राउ भएपनि वडाध्यक्ष अझै फरार रहेको र खोजी कार्य जारी रहेको छ ।

यता पीडित विवेन्द्र नेपालीले लामो समयको प्रयास पछि आफूलाई जातीय विभेद गर्ने व्यक्ति पक्राउ परेको भन्दै खुसी व्यक्त गरे । अहिले सिंजास्थित आफ्नै घरमा रहेका नेपाली अझै पनि वडा अध्यक्षलाई पक्राउ गर्नुपर्ने बताउनुभयो । उहाँले आफू गाउँमा गएपछि वडा अध्यक्ष भागेको समेत बताएका छन् । ्

वडाध्यक्षलाई प्रहरीले निरन्तर खोजी कार्य जारी राखेको बताइएको छ ।
शुरुवातमा प्रहरीले जाती विभेदको जाहेरी दर्ता गर्न मानेको थिएन् । तर दलित यूवा, दलित अधिकारकर्मी र मिडियाको दबाबले जाहेरी दर्ता गरेको थियो । जाहेरी दर्ता भएर पक्राउ पुर्जि जारी भएको करिब एक महिनापछि दोषी पक्राउ भएका हुन् । यदपी वडाध्यक्ष अझै फरार रहेका छन ।

प्रकाशित मिति : २०७८ साउन १८ गते सोमवार
प्रतिक्रिया दिनुहोस