बालुवा उत्खननले जुम्ला–मनाङ मुस्ताङ जोड्ने पक्की पुल जोखिममा

सागर परियार ।


अबैध रुपमा बालुवा उत्खनन गर्दा जुम्ला हुदै मनाङ मुस्ताङ जोड्ने पक्की पुल जोखिममा रहेको छ । दर्जनौ स्थानीयले दैनिक पुल आपसापको क्षेत्रका धमाधम बालुवा उत्खनन गर्न थालेपछि पुल जोखिममा परेको हो । साउन भदौमा पानी बढेर नदी कटान गर्ने कुरा त छदैछ । त्यसैमाथि स्थानीयहरुले दैनिक बालुवा उत्खननले गर्दा पुल जोखिममा परेको सडक डिभिजन जुम्लाका प्रमुख लीला बहादुर भण्डारीले बताए ।

उनले भने,“पुल निर्माण थालनी हुदाँ देखिनै बालुवा उत्खनन् भईरहेको छ । पुल सचालनमा ल्याउने बेला दुबै तर्फ ग्यामिन सहितको पर्खाल हाल्न खोज्यौ तर स्थानीयले बसपार्क साईटमा ग्यामिन हाल्न नदिएर विरोध गरे । कि आफ्नो जग्गाको क्षतीपुर्ति देउ कि बालुवा उत्खनन् गर्न रोक्दैनौ भने । पुल संचालन आाएको ३ वर्ष भइसक्दा पनि दिनानुदिन बालुवा उत्खनन् नरोकिएपछि पुल जोखिखमा रहेको छ ।”

भ्याट सहित ५ करोड ८५ लाख ७१ हजार लागतको जुम्ला हुदै मनाङ मुस्ताङ जोड्ने पक्की पुल २०७६ साल कार्तिक २३ गते सम्पन्न भई केहि समयपछि सञ्चालनमा आएको थियो । पुल सञ्चालन हुनुपुर्व दुबै तर्फ व्यवस्थित ग्यामिन पर्खाल हाल्न खोज्दा बालुवा उत्खनन गर्ने साईटमा स्थानीयले विरोध गरेपछि पर्खाल हालिएन् ।
तर आजभोली दर्जनौ स्थानीयहरु दैनिक पुललाईनै क्षती हुने गरी बालुवा उत्खनन् गर्न थालेपछि सडक डिभिजन जुम्लाले चिन्ता व्यक्त गरेको छ । भने, स्थानीयहरुले पुल जोखिम पर्दा समेत बालुवा उत्खनन् रोक्न प्रशासन मुकर्दक बनेको भन्दै गुनासो गरेका छन् ।

स्थानीय देबेन्द्र बुढाले भने,“दैनिक पानीको बहाव बढ्दै छ । नदी कटान पनि बढ्दै छन् । भने, स्थानीयले पुलमुनि तिरै बालुवा उत्खनन् गरिरहेका छन् । राज्यको करोडौ बजेट खर्चर निर्माण गरिएको पुल मनाङ मुस्ताङ जाने सडक निर्माण नहुदै नभत्कीएला भन्न पनि सकिदैन् । प्रशासनले छिटै नियमन गर्नुपर्छ ।”

यता जिल्ला समन्वय समितिका उपप्रमुख कार्मा बुढाले पक्की पुलनै जोखिममा पर्ने गरी बालुवा उत्खनन् भइरहेको सुनिएको र छ बेलैमा रोक्न संयन्त्र परिचालन गर्नुपर्ने बताए भने, निमित्त प्रमुख जिल्ला अधिकारी नन्दराम चौलागाईले पुललाई नै जोखिम हुनेगरी जथाभावी रुपमा भईरहेको बालुवा उत्खननलाई रोक्न पहिलो चरण प्रहरी पठाएर सम्झाईने र नमाने औपचारिक निर्णय गरेर रोकिने बताए ।

प्रकाशित मिति : २०७८ साउन २६ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस