?????????????????????????????????????????????????????????

सागर परियार ।
जुम्लाको एक सरकारी टोली सुदुरपश्चिम प्रदेशको बाजुरा जिल्ला स्थित बडिमालीका भगवती मन्दिरको पुजाँआजाका त्यस तर्फ प्रस्थान गरेको छ । जिल्ला प्रशासन कार्यालय जुम्लाका नायब सुब्बा बिष्णु बहादुर महतको नेतृत्वमा केहि भक्तजन, पुजारी सहितको टोली बडिमालिका प्रस्थान गरेको हो ।
हरेक वर्ष साउन शुक्ल पुर्णिमा नाकपन्चमीका दिन तत्कालिन जुम्ला राज्य र डोटी राज्यद्धारा संयुक्त रुपमा बडिमालिकाको पुजा गर्ने प्रचलन अनुसार विहिबार जुम्लाको टोली बडिमालिका गएको छ । नेपाली सेनाको एक टुकुटीले वटुक भैरवनाथ, बाबा चन्दननाथ र दरवार मालिकाको सलामी अर्पण पछि पुजाको डोली सहित बडिमालिका हिडेको टोलीलाई विदाई गरिएको हो ।
नेपाली सेनाले पाँचवटा सलामी, ब्यान्डबाजा र बिगुल फुकेर सम्मानका साथ जुम्लाको टोलीलाई बजारका लागि बिदाई गरेको जुम्लाका संस्कृत विद रमानन्द आर्चायले बताउनुभयो । उहाँका अनुसार परम्परादेखि नै हरेक नाग पन्चमीका दिन जुम्लाको सरकारी टोली पूजाका लागि बडिमालिका जाने चलन रहेको छ ।
बाजुराको टोली बडिमालिका आउने जुम्लाको टोली बडिमालीका पुगेर संयुक्त पुजाँ गर्ने चलन छ । नेपाली सेनाको सलामी सहित टोलीलाई जुम्लाका सयौ भक्तजन, सरकारी तथा गैससका प्रतिनीधिहरुले फूलमाला अबिर सहित बिदाई गरेका छन ।
सस्कृत विद आर्चायका अनुसार जिल्ला प्रशासन कार्यालयको तर्फबाट सुनको टीका, बिनायो, चाँदीको काँगियो, छत्र, मुरुली गरी ५ वटा पूजाका सामानहरू पनि (पेटारो) नामक झोलीमा राखेर बडिमालिका मन्दिरमा पूजाका लागि पठाइएको छ । कोरोना कहरलाई मध्यनजर गर्दै जिल्लाबाट सिमित टोली गएको र गाउँगाउँबाट भक्तजन थपिदै जाने छन् । नागपन्चमीका दिन गएको टोली कृष्णजन्माअष्टीको अघिल्लो दिन मात्रै जुम्ला पुग्छ ।
प्रमुख जिल्ला अधिकारी विजया प्रसाईले कोरोना कहरको अबस्थालाई मध्यनजर गर्दै सिमित व्यक्ति पठाएको बताउनुभयो । उहाँले भन्नुभयो,“बडिमालिकाबाट टोली फर्किएपछि जात्रा लाग्ने पुरानो चलन भएपनि कोरोनाले यस वर्ष जात्रा लाग्ने छैन् । परम्परा जोगाउन स्वास्थ्य मापदण्ड पालना गर्दै बडिमालिका तर्फ टोली पठाएका छौ ।”
प्रजिअ प्रसाईले थप्नुभयो,“आफु नयाँ आएको र जुम्लाको धार्मिक सांस्कृतिकहरुको विशेषता महत्व वेग्लै पाए । संस्कृतिले भरिपुर्ण क्षेत्रको विकास प्रर्बद्धनमा राज्यले जोड दिनु पर्छ । बडिमालिकामा वर्षमा एक पटक हुने पुजाले बाजुरा र जुम्लाको धार्मिक सहिसुष्णताको विकास गरेको महसुश भयो ।”
प्रशासनले पुजा टोलीको शान्ती सुरक्षा संगै कोरोनाबाट बच्न स्वास्थ्य सुरक्षाका मापदण्ड सबै पालना गर्न सम्झाइएको बताएको छ । भने विहिबार बडिमालि तर्फ हिडेको जुम्लाको सरकारी टोली अबको १८ दिनपछि जुम्लामा पुग्ने छ ।



