‘अफगानी जनताले चिन्ता लिनुपर्दैन, शहरमा कुनै आक्रमण हुने छैन र संक्रमणकालीन सरकारलाई शान्तिपूर्ण रुपमा शक्ति हस्तान्तरण हुनेछ,’ रेकर्डेड भाषणमा उनले भनेका छन् ।
तालिबानले राजधानी शहर काबुललाई चारैतिरबाट घेरेको तर आफूहरुले युद्ध नचाहेको बताएको छ । अहिले तालिबान र सरकारी अधिकारीहरुबीच वार्ता भइरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले बताएका छन् ।



