सागर परियार ।

धार्मिक पर्यटकिय क्षेत्रको संरक्षण तथा प्रर्बद्धनमा नेपाली सेना जुटेको छ । कर्णालीको प्रसिद्ध चन्दननाथ तथा बटुक भैरबनाथ मन्दिरको सरसफाई देखि मर्मत सम्भार तथा प्रर्बद्धनमा नेपाली सेना जुटेको हो । चन्दननाथ भैरबनाथ मन्दिरमा हरेक महिना सरसफाई गर्ने,पुजारीलाई दान दिने तथा मन्दिरको पुजापाठका लागि आबश्यक सामाग्री दिने पुण्यको काम शुरुवात गरेको छ । जस अनुसार आइतबार मात्रै नेपाली सेनाले चन्दननाथ भैरबनाथ मन्दिरमा दाल,चामल,तेल,गमला,लगायतका विभिन्न सामाग्री हस्तान्तरण गरिएको छ ।
उक्त हस्तान्तरण कार्यक्रममा बोल्दै नम्बर २४ बाहिनी अड्डाका बाहिनीपति यामबहादुर सापकोटाले कर्णालीको आर्थिक समृद्धीका लागि कृषिपछि धार्मिक पर्यटकिय क्षेत्रको विकास तथा प्रर्बद्धन गर्नुपर्ने बताउनुभयो । जुम्ला खलंगामा स्थित प्रशिद्ध तिर्थ स्थल चन्दननाथ र बटुक भैरबनाथ मन्दिरको संरक्षणमा सबै सरोकारवाला निकायहरु जुटनु पर्ने उल्लेख गर्नुभयो ।
मन्दिरको मर्मत सम्भार देखि प्रचार प्रशारमा जोड दिएर पर्यटक आर्कषण गर्ने वाताबरण बनाउनु पर्नेमा जोड दिनुभयो । नेपाली सेनाले जुम्लाका धार्मिक पर्यटकिय स्थल संगै माथिल्लो कर्णालीका सबै धार्मिक स्थलको संरक्षण तथा प्रर्बद्धनमा जोड दिने समेत बाहिनीपति सापकोटाको भनाई छ ।
बाहिनीपति सापकोटाका अनुसार नेपाली सेनाले अब देखि प्रत्येक महिनाको पहिलो सोमवार धार्मिक पर्यटनको केन्द्र चन्दननाथ र बटुक भैरबनाथ मन्दिरमा सरसफाई गर्ने,लिपपोत गर्ने निर्णय गरेको छ । यो कार्यको प्रारम्भ सोमवार देखि नै शुरु भएको छ । मन्दिर आसपासको क्षेत्रमा फुल फुलाउने,मनमोहक बनाउने र बढि भन्दा बढि तिर्थालु आउन आकर्षण गर्ने खालको गतिविधि गर्न थालेको हो ।
धर्मभिक्षुहरु,पुजारीहरुलाई केन्द्रीत गरेर राहतका कार्यक्रम ल्याउने पनि नेपाली सेनाले जनाएको छ । फुल फुलाउने सुन्दर र मनमोहक बनाउने, तिर्थालु आउन आकर्षण गर्ने, मदिरमा बस्ने धर्म भिक्षुहहरु,पुजारीहरुलाई राहत होस भनेर चामल,दाल,तेल,घयु,चिनी चियापति लगायतका सामाग्री दिइएको छ ।
नन्दाबक्स गणका गणपति रविन थापाले कर्णालीकै सबैभन्दा प्रसिद्ध धार्मिक पर्यटनको मुख्य केन्द्र चन्दननाथ भैरबनाथको संरक्षण प्रबद्र्धनमा सेनाले हरेक महिना मर्मत सम्भार तथा सरसफाईको काम गर्ने बताउनुभयो । मन्दीरलाई सझाउन बाहिनी र गणबाट १०÷१० वटा गरी २० गमला दिएको र पुजा सामाग्री सहित अन्य खाद्यन्न पनि उपलब्ध गराएको उहाँको भनाई छ । उहाँले भन्नुभयो,“मन्दिरमा तिर्थ यात्रीको चाप बढ्छ । यो क्षेत्र सफा हुनुपर्छ । यो क्षेत्र फोहोर हुन नदिन अब नेपाली सेनाले महिनाको पहिलो सोमबार सरसफाई गर्छ । धार्मिक क्षेत्रको सरंक्षण सबै मिलेर गर्नुपर्छ भन्ने कुरा पनि सबैलाई सन्देश दिन सेनाले सामाजिक हितका काम गर्दै जाने छ ।”
नम्बर २४ बाहिनी अड्डा र नन्दबक्स गणले जुम्लामा पछिल्लो सामाजिक हितका क्षेत्रमा उल्लेखीय कामहरु गर्दै आएका छन् । सेना नागरिक बीचको सम्बन्ध समधुर बनाउन सेनाले समाजका आबश्यकताका आधारमा स्वासथइ,शिक्षा, खानेपानी पूर्वाधार विकासका क्षेत्रमा काम गर्दै आएको र आगामी दिनमा पनि धार्मिक क्षेत्र संगै दुरदराजमा पनि विभिन्न काम गर्न सेना तयार रहेकाो मेजर दिनेश न्यौपानेले बताउनुभो ।



