जुम्ला ः सघन सहरी तथा भवन निर्माण आयोजना कार्यालय जुम्लाले उत्कृष्ट कार्यसम्पादन गर्ने दुई जना कर्मचारी सम्मान गरेको छ । १८ औँ कर्मचारी दिवसको अवसरमा लेखा अधिकृत तिलकराज डाँगी र सव ईन्जिनियर चन्द्रबहादुर खड्कालाई सम्मानित भएका हुन् ।
सम्मानित हुन द्धय डाँगी र खड्कालाई प्रमुख जिल्ला अधिकारी विजया कुमारी प्रसाई र आयोजना प्रमुख जगदिश लामीछानेले सम्मान पत्रसहित दोसल्ला, ढाँका टोपी र अव्भिर लगाएर सम्मान गरेका हुन् ।
सम्मानित खड्काले यस्ता सम्मान कार्यक्रमले मनोबल बढ्ने र कामप्रति लगाब बढाउने बताए । उनले भने कार्यालयले कार्यसम्पादनको मुल्यांकन गरी सम्मानित हुन पाउने हर्षित बताएको छ ।
आर्थिक बर्ष ०७७÷०७८ मा सञ्चालित बार्षिक्रम कार्यक्रमहरुको कार्यान्वयनको समग्र व्यवस्थापन र अन्य निर्माण व्यवस्थापनमा सुधार ल्याउन उत्कृष्ठ भुमिका खेल्ने कर्मचारीलाई सम्मान गरिएको आयोजना प्रमुख लामीछानेले बताए । उनले भने यस्ता किसिमका कार्यले कर्मचारीलाई आफ्नो कार्यसम्पादनमा लगाब बढाउने काम गर्दछ । आफ्ना कामप्रति अनुशासित, लगनशिल र बफादारी बनाउनका लागि हरेक तह र तप्काबाट कर्मचारी सम्मान गर्नुपर्ने आवश्यकताको खाँचो छ ।
हरेक वर्ष निजामति कर्मचारी दिवसको अवसरमा राष्ट्यि स्तरमा मन्त्रालय र विभागमा मात्रै काम गर्ने कर्मचारीले अवसर पाउने गरेका छन् । उनले भने दुर्गममा काम गर्ने कर्मचारीले यस्तो अवसरहरु पाउने गरेका छैनन् ।
कर्मचारीलाई हौसल्लाह बढाउनका लागि कर्मचारीलाई सम्मान गर्नु सरानीय काम भएको प्रमुख जिल्ला अधिकारी विजया कुमारी प्रसाईले बताइन् । उनले भनिन् यस वर्ष कोरोना संक्रमणका कारण कर्मचारी दिवस आ आफ्नो कार्यालयमा सामान्य कार्यक्रम गरी कार्यालय सरसफाई र बृक्षरोपण गर्ने कार्यक्रमको परिपत्र भएको थियो । सोही अनुसार काम भएको हो ।
उत्कृष्ट कार्यसम्पादन गर्ने दुई जना कर्मचारी सम्मानित
प्रकाशित मिति : २०७८ भाद्र २२ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस