
जुम्ला ः नेकपा एमालेको केन्द्रीय सदस्यमा जुम्लाबाट तिला गाउँपालिका अध्यक्ष रतननाथ योगी मनोनित भएका छन् । एमालेको चिवतनमा सम्पन्न १० महाधिवेशनमा केन्द्रीय सदस्यको उम्मेदवार घोषणा गरेपनि सहमतिमै पदाधिकारी टुंग्याउने भएपछि उम्मेदवारी भने दर्ता गरेका थिएनन् । उनीसहित जुम्लाबाट एमालेको केन्द्रीय सदस्यमा जुम्लाबाट बलबहादुर महत, धिरेन्द्र गिरी र टेकराज पछाईले उम्मेदवार घोषणा गरेका थिए ।
हालै पार्टीको निर्णयबाट आफु केन्द्रीय सदस्यमा मनोनित भएको अध्यक्ष योगीले बताए । उनले भने लामो समयदेखि पार्टीमा योगदान भएकै कारण सहमतिमै नेतृत्वले केन्द्रीय सदस्यमा मनोनित भएको भन्ने बुझाई रहेको छ ।
विद्यार्थी देखि एमालेको राजनीतिमा होमिएका एक उर्जाशिल युवा नेता योगीलाई केन्द्रीय सदस्यमा मनोनित गरेको छ । जुम्लाका एमाले युवा नेता तथा तातोपानी गाउँपालिका ४ का वडाध्यक्ष धिरज जैशीले भने पार्टीमा उहाँको २०६२÷६३ को जन आन्दोलिन, संघीय संरचनामा कर्णालीलाई डोटी पु¥याउने बेलाको आन्दोलनमा निकै महत्वपूर्ण भुमिका रहेको थियो । यस्तै जनप्रिय भुमिकाकै कारणले अहिले उहाँलाई एमालेको केन्द्रीय सदस्यमा सम्मानजनक मनोनित गरेको भन्ने हाम्रो बुझाई रहेको छ ।
२०७४ को स्थानीय तहको निर्वाचनमा जुम्लाका एक नगरपालिका र सात गाउँपालिका मध्ये तिला गाउँपलिकामा एमालेको तर्फबाट अध्यक्ष योगी मात्रै निर्वाचित भएका थिए ।



