एक घर एक धारोमा ठाँडो जम्दा ग्वातिखोला वासि नाउलाको पानी खान बाध्य

उमेश बुढा सिँजा ।

जुम्लाको कनकासुन्दरी गाउँ पालिका वडा नम्बर २ ग्वातिखोला र रुगापानि गाउँमा एक घर एक धारो भएता पनि धारोमा ठाँडो जमेकाले फेरि पुरानै अबस्थामा फर्किएका छन ।नाउलाको र ढुङ्गे धाराको पानी खान ग्वातिखोला वासि बाध्य भएका छन ।

५३ ओटा सङ्ख्यामा रहेको बस्तीमा एक घर एक धारो छ, हिउँद समयमा अत्याधिक मात्रामा चिसो बढेसँगै प्रत्यक धारामा ठाँडो परेको छ । धारोमा पानी नआय पछि ढेड महिना यताबाट नाउलाको पानी खादै आएका छन ।

मेरो घरदेखि पानी ल्याउन जाँदा आउदा २५ र ३० मिनेट जति लाग्छ सर्मिला रावतले बताइन ।
उहाँको अनुसार पानी रसायर नाउलामा जम्मा भए पछि मात्र लोडा र जगले निकालेर पानी भर्नु मिल्छ उनले भनिन ।

पानी नाउलामा घण्टौ कुर्नुपर्ने , बिहान र बेलुका लाइन लागेर बस्नु पर्ने र कामबाट घर आए पानीकै चिन्ता बल रावलले बताए ।धारोमा तातोपानी हाले आउदैन, घाम लागे पनि आउदैन घर घरमा धारा भयर पनि पानीकै हाहाकार भएको रावत बताउँछन् ।

एक घर एक धारो भए पछि पानीको चिन्ता हुदैन सोचेका थियौँ । अहिले झनै पानीको समस्या भएको ग्वातिखोला, रुगापानि वासि बताउँछन् ।

कनकासुन्दरीमा जम्मा ५६ ओटा गाउँहरु मध्ये २२ ओटा गाउँमा एक घर एक धारो बनी सकेका छन् । केहि गाउँमा निर्माण प्रक्रिया चलि रहेको कनका सुन्दरी गाउँ पालिका उपाध्यक्ष उर्मिला भण्डारीले बताइन ।

प्रकाशित मिति : २०७८ पुष १९ गते सोमवार
प्रतिक्रिया दिनुहोस