सागर परियार जुम्ला ।
खस जुम्ली सेवा समाज दोहा कतारको दोस्रो बार्षिक साधारण सभा सम्पन्न भएको छ । शुक्रबार दोहामा खस जुम्ली सेवा समाजको दोस्रो वार्षिक साधारण सभा सम्पन्न भएको हो ।
साधारण सभाबाट रोजगारीको सिलसिलामा कतारमा रहेका हिमा १ आर्चालिहि निवासी देवराज आर्चायलाई खस जुम्ली सेवा समाज दोहा कतारको अध्यक्षमा चयन गरिएको छ । भने,उपाध्यक्षमा रुपक सिंजाली,कोषाध्यक्षमा बल बहादुर जिसी र सचिवमा कमल थापा चयन भएका छन् । सह–सचिवमा तिलक नेपाली, र बरिष्ठ सल्लाहकारमा गोविन्द नेपालीलाइ चयन गरिएको हो ।
भने, खस जुम्ली सेवा समाज दोहा कतारका संस्थापक अध्यक्ष बल बहादुर रोकाया (बिबिसी) लाइ बिर्दाइ गरिएको छ । दोस्रो साधारण सभाका अबसरमा नयाँ नेतृत्व चयन संगै संस्थापक अध्यक्ष रोकायालाई ससम्मान साथ बिदाइ गरिएको हो ।
रोजगारीका सिलसिलामा बैदेशिक मुलुक कतारमा छरिएर रहेका जुम्ली दाजुभाइ,दिदि बहिनीहरुको अभिभाकत्व ग्रहण गर्दै आएको सेवा समाजले जुम्लामा हुने विभिन्न विपत्तीमा सहयोगी हातहरु अघि बढाउदै आएको थियो ।
सचिव कमल थापाका अनुसार ९ सय रुपैयाबाट बचत शुरु गरिएको खस जुम्ली सेवा समाज दोहा कतारको नियमित बचत हाल झण्डै २७ हजार ८ सय (रियाल) भएको छ । साधारण सभामा संस्थाको बार्षिक सम्पुर्ण आयव्याय,खर्च आम्दानी,ऋण लगानी सबै विवरण प्रस्तुत गरिएको थियो ।
आफ्नो पसिना कमाइको केहि अंश बचत गरी जुम्ला संगै नेपालभर समस्या पर्दा सहयोगी हात बढाउने लक्ष्य अनुसार पनि बचत शुरु गरिएको हो ।
जस अन्तरगर्त बल बहादुर रोकाया अध्यक्ष हुँदा गत वर्ष तिला गाउँपालिका ७ को गोठी गाउँका आगलागी पिडितहरुलाई सोही बचतबाट झण्डै १ लाख १३ हजार सहयोग रकम पठाइएको थियो । जो राहत तत्तकालिन प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाको समन्वयन र कर्णाली पोष्ट दैनिकको सहकार्यमा वितरण गरिएको थियो । आगामी दिनमा बचत कोषबाट समस्यामा परेका जुम्ली दाजुभाइलाइ उद्दारका लागि सहयोग गर्ने,विभिन्न विपदका घटनामा परेकालाई राहत दिईने पुर्व अध्यक्ष बल बहादुर रोकायाले बताए ।
नवनिर्वाचित अध्यक्ष देवराज आर्चायले खस जुम्ली सेवा समाज कतारलाई चाडै दुतावासमा संस्था दर्ता गर्ने बताए । संस्थाका रुपमा दुतावासमा दर्ता गरे पश्चात कतारमा रहेका समस्यामा परेका दाजुभाइ दिदि बहिनीहरुको पक्षमा बैधानिक रुपमा समस्या समधान गर्न सहज हुने अध्यक्ष आर्चायको भनाई छ । आफ्नो कार्यकाल पनि जुम्ला लगायत अन्य क्षेत्रमा हुने कुनै पनि समस्यामा सहयोगी हात बढाउने अध्यक्ष आर्चायको प्रतिबद्धता छ । खस जुम्ली सेवा समाज दोहा कतारमा हाल जुम्ली २२ जना दाजुभाइ आबद्ध रहेका छन् ।
खस जुम्ली सेवा समाज दोहा कतारका पुर्वअध्यक्ष बल बहादुर रोयाको सहयोगमा तयार गरिएको समचार