कर्णाली पोष्ट जुम्ला ।
नेपाल निजामती कर्मचारी संगठन जुम्लाका सचिव पदम प्रसाद न्यौपानले माघ २ गते संगठनको कुनै पनि औपचारिक कार्यक्रम नभएको बताए । हाल सम्म कर्मचारी संगठन एउटै रहेको, मुद्धा पनि विचाराधिन अबस्थामा रहेको र अध्यक्ष सचिव संग समन्वय नगरी माघ २ गते आइतबार संगठनको ११ औं जिल्ला भेला हुने भन्ने गलत हल्ला फैलाएकोले कुनै कार्यक्रम नरहेको उनले जानकारी दिए ।
सचिव न्यौपानेले भने,“हाल संगठनका अध्यक्ष धर्मराज रावल जिल्ला बाहिर रहेको,संगठन पनि नफाँटेको र आधिकारीकता नटुंग्ीएको अबस्थामा संसगठनका केपीवली पक्षका आस्थावान सदस्यहरुले अनाआबश्यक संगठको भेला छ भनेर जुटो प्रचार गरेका हुन् ।
माघ २ गते संगठनको कुनै औपचारिक कार्यक्रम छैन् ।”
संगठनको कुनै औपरिक कार्यक्रम नभएकोले गलत हल्ला पछि नलाग्न समेत संगठनका सबै सदस्यहरुलाई सचिव न्यौपानले अनुरोध गरेका छन् ।