परम्परागत सामाग्री संरक्षणमा जुट्दै गुठिचौरका स्थानीय

माघ १७ जुम्ला । जुम्लाको गुठिचौर गाउँपालिकामा लोपउन्मुख परम्परागत विभिन्न सामाग्रीको प्रयोग बढ्दै गएको छ । गुठिचौरका स्थानीयले लोपउन्मुख सामाग्रीको संरक्षणका लागि नियमित प्रयोग गर्न थालेका हुन् । बढ्दो आधुनिकता संगै कुटानी पिसानीको प्रविधि आए गुठिचौरका स्थानीयवासीले अझै पानी घट्टको संरक्षण तथा प्रयोग गर्दै आएका छन् । गाउँगाउँमा मिल भएपनि गुठिचौर गाउँपालिका १ र २ नम्बर वडाका नागरिक अहिले पनि पानी घट्टकै प्रयोग गरिरहेका छन् ।

गाउँ घरमा पाइने परम्परागत घरेलु यन्त्र लोप हुन थाले पनि गुठिचौर गाउँपालिकाका १,२ नम्बरका गाउँ बस्तिमा भने अझै परम्परगत प्रबिधिको प्रयोग हुदै आएको छ । अहिले पनि जाँतो, हाते मुसल, ओखल,लोरा सिलौटा भेटिन्छन् ।

गुठिचौर बासिको घर आँगनमा कुट्ने पिस्ने आधुनिक प्रबिधि प्रयोगमा आएको भएपनि विगतदेखि हाल सम्म आफु परम्परागत सामाग्रीनै प्रयोग गर्ने गरेको गुठिचौर गाउँपालिका २ का स्थानिय दत्त बहादुर बाहोराले बताए ।

गुठिचौर गाउँपालिका ग्रामीण भेगमा अहिले पनि परम्परागत यन्त्र प्रयोग गर्न छोडेका छैन्न । उनका अनुसार ओखल, लोरो सिलाउँटो र पानी घट्ट मा पिस्दै आएका छौ । गाउँघरको रहन–सहनमा समेत परिवर्तन हुँदै आएपनि बचाउने प्रयास गरेको उनको भनाई छ । गाउँघरमा आफैले उत्पादन गरेको तोरी पेल्ने दुनोमा हातले पेल्दै आएको गुठिचौर गाँउपािलका १ गडिगाँउकि मायादेवि वस्नेतले बताइन् ।

बजारमा पाइने विभिन्न ब्रान्डका तेल पाइने भएपनि हातले दुनोमा पलेर निकालेको तेल औषधी हुने उनको भनाई छ । सडकको विकास संगै गाउँगाउँमा प्राविधि विकास भएर परम्परागत सामाग्री,रहनसहन सबै लोप हुनथालेपछि गुठिचौरका स्थानीय संरक्षणमा जुटेका हुन् ।

प्रकाशित मिति : २०७८ माघ १७ गते सोमवार
प्रतिक्रिया दिनुहोस