
जुम्ला । विहिबार रातीदेखि लगातार भइरहेको वर्षा र भारी हिमपातका कारण कर्णाली राजमार्गको विभिन्न खण्ड अबरुद्ध भएको छ । प्राप्त सूचना अनुसार कालिकोटको पिलिमा सडक अबरुद्ध भएको सडक डिभिजन जुम्लाका निमित्त प्रमुख सन्तोष भण्डारीले बताउनुभयो ।
उहाँका अनुसार पहिरो पन्छाउन कालिकोट तर्फ जुम्लाबाट मेसिन पठाइएको छ । यदपी, के कति अबरुद्ध भएको भन्ने सूचना आएको छैन् । त्यस्तै कर्णाली राजमार्गको जुम्ला खण्डमा पनि भारी हिमपातले गाडी सडकमै रोकिएका छन् । जुम्ला सदरमुकाम देखि झण्डै ८ किलोमिटर पश्चित तर्फ एैरेनीमा छोटो तथा लामो दुरीका गाडी हिमपातले फसेका छन् ।
निमित्त प्रमुख भण्डारीले भने,“जुम्ला सदरमुकाम देखि एैरेनी सम्म हिउँ पन्छाउदै गाडी ल्याइयो । तर हिमापात नरोकिएपछि गाडी गुड्ने अबस्था छैन् । सयौ गाडी जाममा परेका छन् । सम्भावित पहिलो पन्छाउन र अत्याआबश्यक यात्रा सहज बनाउन सडक डिभिजनको टोली सडकमै खटिएको छ ।”
उता लगातार वर्षाका कारण कर्णाली राजमार्गको कालिकोट खण्ड अन्तर्गत खडाचक्र नगरपालिमा–२ हुल्म बजार नजिक ठुलो ढुङ्गा र माटोसहितको पहिरो आउँदा अबरुद्ध भएको सडक खुलेको छ । राजमार्ग अवरुद्ध बनेको हो ।
त्यस्तै, नाग्म गमगडी सडक खण्ड पनि हिमपातले अबरुद्ध भएको छ । सडक खण्डको जुम्ला र मुगु जिल्ला जोड्ने सिमाना बुलेबलेमा ठुलो पहिरो आउँदा सडक बन्द भएको भण्डारीले जानकारी दिनुभयो । उहाँका अनुसार बाक्लो हिउँ जमेका कारण मेसिन पनि जान सक्ने अबस्था नरहेको र तत्तकाल केहि दिन उक्त सडकको यात्रा नगन अनुरोध गरिएको छ ।
कर्णाली राजमार्ग र नाग्म गमडी सडक खण्डका कुनै पनि भागमा हुने अबरुद्धलाई हटाउन तथा यात्रा सहजरीकरण गर्नका लागि सडक डिभिजन जुम्लाको पुरै जनशक्ति मेसिन सहित सडकमा खटिएको छ ।
प्रमुख जिल्ला अधिकारी विजया कुमारी प्रसाईले अत्याआबश्यक काम बाहेक यात्रा नगर्न समेत अनुरोध गरिएको बताउनुभयो । हिमपात जारी रहेकोले घटना हुन सक्ने भन्दै सजक रहन उहाँको आग्रह छ । यदपी कुनै समस्या भए र घटना घटेमा प्रहरीलाई खबर गर्ने समेत भनिएको छ ।



