वैज्ञानिक सहितमा दक्ष जनशक्ति नहुँदा अनुसन्धान प्रभावित

जुम्ला। जुम्लाका अनुसन्धान केन्द्रहरु गोठाला र कार्यालय सहयोगीका भरमा सञ्चालन भईरहेका छन् । वर्षौदेखि वैज्ञानिक सहितका दक्ष जनशक्ति अभावले अनुसन्धान केन्द्र गोठाला र कार्यालय सहयोगीले धानेका हुन् ।

कृषि अनुसन्धान केन्द्र राजिकोट,कृषि अनुसन्धान केन्द्र वियनगर,भेडाबाख्रा अनुसन्धान केन्द्र गुठिचौर र उच्च पर्वतिय कृषि अनुसन्धान केन्द्र गुठिचौर वर्षौदेखि बैज्ञानिक विहिन छन् । जसका कारण अनुसन्धान प्रभावित भएको छ । भने,राज्यको करोडौ बजेट लगानी गरेपनि अनुसन्धानको उपलब्धी शुन्य देखिएको छ ।

२०२८ सालमा राजा महेन्द्रले स्थापना गरेको भेडाबाख्रा अनुसन्धान केन्द्रले बितेको ५ दशकको उपलब्धी शुन्य छ । नयाँ भेडासँंग स्थानीय जातको भेडा क्रस गरी उन्नत जातको भेडा उत्पादन गर्ने, उत्पादीत भेडा देशभर बिक्री गर्ने लक्ष्य भएपनि बैज्ञानिक अभावले भेडाबाख्रा अनुसन्धान केन्द्र गोठालाहरुले धानेका छन् ।

गोठाला नर बहादुर बोहोरा,जयप्रसाद बोहोरा र हरि बुढाले भेडाबाख्रा अनुसन्धान केन्द्रलाई सम्हालेका छन् । दक्ष जनशक्ति अभावले अनुसन्धान ठप्प हुँदा भेडाको रेखदेख गर्ने,दानापानी गर्ने काम गोठालाकै काँधमा छ ।

भेडाबाख्रा अनुसन्धान केन्द्रमा ३ जना वैज्ञानिकको दरबन्दी हो । तर एक जना मात्रै कार्यरत छन् । कार्यरत बैज्ञानिक डा.रमेश शाहले भन्नुभयो,“तीनजना बैज्ञानिकको दरबन्दी भएपनि म मात्रै छु । ३ जना प्राविधिक अधिकृत हुनुपर्ने १ जना पनि छैनन् । २२ जनाको दरबन्दीमा ८ जना मात्रै कार्यरत छौ । विशेषगरी प्राविधिक अधिकृत र वैज्ञानिक नहुँदा अनुसन्धान ठप्प छ ।”

त्यस्तै उच्च पर्वतीय कृषि अनुसन्धान केन्द्र पनि कर्मचारी विहिन छ । भेडाबाख्रा अनुसन्धान केन्द्रकै बैज्ञानिक रमेश शाहले उच्च पर्वतीय कृषि अनुसन्धान केन्द्र पनि सम्हालेका छन् । ३ जना बैज्ञानिक सहित १८ जनाको दरबन्दी भएपनि उच्च पर्वतीय कृषि अनुसन्धान केन्द्र हाल सम्म कर्मचारी विहिन अबस्थामा छ । उच्च भुभागमा पाईने अन्नबालीको अनुसन्धान गर्न राज्यको करोडौ खर्चेर स्थापना भएको अनुसन्धान केन्द्रको कार्यालयमा धमिरा लाग्न मात्रै बाँकी रहेको जिसस उपप्रमुख कार्मा बुढा बताउँछन् ।

साथै,कृषि अनुसन्धान प्रतिष्ठान(नार्क) विजयनगरले यहाँको उन्नत जातको धान, सिमि लगायतका बालीमा अनुसन्धान गर्छ । त्यहा पनि बैज्ञानिकै अभावले सिमि र धानको भइरहेको अनुसन्धान प्रभावित भएको छ । जम्मा दरबन्दी १८ जना रहेकोमा ११ जना कार्यरत मध्य ५ जना त कार्यालय सहयोगी मात्रै छन् । १ जना बैज्ञानिक हुनुपर्ने छैनन्, कृषि अनुसन्धान प्रतिष्ठान(नार्क) कर्मचारी भन्दा कार्यालय सहयोगीहरुले धानेका छन् ।

निमित्त प्रमुख हरिनारायण मण्डल भन्छन्,“जग्गा र सिँचाई अभाव भएकोले अनुसन्धान गर्ने वाताबरण नहुँदा वैज्ञानिक आउन चाहेका छैनन् । हामीले धेरै पटक माग गर्दा पनि सुनुवाई भएको छैन् । तलब खाने र घाम ताप्ने बाहेक अरु काम छैन् ।”

धान र सिमीमा भएको अनुसन्धाले उत्पादन बढाउने र किसानको दैनिकीमा सुधार आउने अपेक्षा गरेपनि अनुसन्धान केन्द्रकै बेहाल भएपछि जुम्ली सर्वसाधारणले आशा मारिसेकका छन् ।

उता कृषि अनुसन्धान केन्द्र राजिकोटले विशेषगरी आलु लगायतका तरकारी बालीको अनुन्धान गरी उन्न्त जात बजारमा ल्याउने काम गर्छ । तर त्यहाँ एकै जना वैज्ञानिकले मुस्किले कार्यालय चलाएपनि अनुसन्धान ठप्प छ । वैज्ञानिक राजकुमारी गिरी भन्छन,“३ जना वैज्ञानिक हुनु पर्नेमा १ जना म मात्रै छु । प्राविधिक अधिकृत ३ हुनुपर्ने १ जना छन्् । १९ जनाको दरबन्दीमा १३ जना मात्रै कार्यरत छौ । वैज्ञानिक सहितका दक्ष जनशक्ति नहुँदा भइरहेका अनुसन्धान पनि प्रभावित भएको छ । भने, नयाँ अनुसन्धान गर्न स्थिती पनि छैन् ।”

यसरी जुम्लाका चार वटा अनुसन्धान केन्द्र कतै गोठाला, कतै कार्यालय सहयोगीले धानेका छन् । कतै एकजना वैज्ञानिकका भरमा दुई अनुसन्धान केन्द्र छन् । भने दरबन्दी अनुसारका जनशक्ति कुनै केन्द्रमा छ्रैनन् । कानुनी अड्चनका कारण विगत पाँच वर्षदेखि वैज्ञानिक नियुक्ती प्रक्रिया रोकिएको वैज्ञानिक रमेश शाह बताउँछन् । पटक पटक माग गर्दा पनि सुनुवाई नभएको अनुसन्धान प्रभावित भएको उनको दुखेसो छ ।

भेडा बाख्रा देखि तरकारी बाली र अन्नबालीमा गर्ने अनुसन्धानको उपलब्धी शुन्य देखियो । जिल्ला समन्वय समितिका उपप्रमुख कार्मा बुढाले भन्नुभयो,“जुम्लाका अनुसन्धान केन्द्रको अबस्था दयनिय छ । राज्यको करोडौ बजेट सदुपयोग भएको देखिन्न् । वैज्ञानिक सहित दक्ष जनशक्ति आपुर्तिका लागि कृषि अनुसन्धान परिषदमा पत्रचार गरेको छु । वैज्ञानिक बिनाका अनुसन्धान केन्द्रले अपेक्षित नतिजा दिन सक्दैनन् । यसमा सबैको पहल कदमीको जरुरत छ ।”

प्रकाशित मिति : २०७८ फाल्गुन २ गते सोमवार
प्रतिक्रिया दिनुहोस