जुम्ला । जुम्लामा आगोले जलेर एक जनाको मृत्यु भएको हो । ताप्न बालेकाे आगाे शरिरमा सल्केर तातोपानी गाउँपालिका–४ गिरीखोलाका २६ वर्षीय गोविन्द्र रोकायाको मृत्यु भएकाे हाे ।
जुम्लाका प्रहरी नायव उपरिक्षक नरेन्द्र चन्दका अनुसार चिसोका कारण न्यानो बनाउँनका लागि बालेको आगो ताप्दै गर्दा शरिरमा आगो सल्किन गई रोकायाको उपचारको क्रममा मृत्यु भएको हो ।
उहाँले भन्नुभयाे,“बिहीवार दिउँसो ५ बजेतिरको समयमा मृर्तक रोकाया गाउँ नजिककाे रानिजंगलमा बाख्रा चराउन गएका थिए । चिसोको कारण आगो बालेर ताप्ने क्रममा एकाएक शरिरमा लाग्न पुगेको रहेछ । रोकायको शरिरमा आगो लागेर चिच्चाएपछि अन्य व्यक्तिले थाहा पाएपछि प्रहरीलाई खबर गरेका थिए ।”
प्रहरीलाई खवर पुगेपछि रोकायलाई उद्धार गरि उपचारको लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा ल्याइएको थियो । उपचार गर्ने क्रममा शुक्रवार दिउँसो ३ बजे मृ्त्यु भएको प्रहरीले जनाएकाे छ ।