उद्योग बाणिज्य संघ जुम्लाको १६ औँ चुनावी साधारण सभा उद्घाटन

जुम्ला । उद्योग बाणिज्य संघ जुम्लाकोे १६ औँ चुनावी साधरण सभा उद्घघाट्न समारोह सम्पन्न भएको छ । नयाँ नेतृत्व छनोटका लागि शुक्रबार जुम्लामा आयोजित १६ आँै चुनावी साधारण सभा सम्पन्न भएको हो ।

कार्यक्रममा नेपाल उद्योग बाणिज्य महासंघका पुर्व केन्द्रिय अध्यक्ष,सार्क राष्ट्का उपाध्यक्ष चण्डीराज ढकालले १६ औँ अ चुनावी साधारण सभाबाट परिपक्क,अनुभवी तथा उद्योगी व्यवसायीका समस्या समधान गर्ने व्यक्तिलाई नेतृत्वमा ल्याउन शुभकामना दिनुभयो ।

उहाँले भन्नुभयो,“तीन चरणको कोरोनाले नेपालको अर्थतन्त्र थलिएको छ । साना उद्योगी व्यवसायी उस्कीने अबस्था छैनन् । सरकाले नीजि क्षेत्रप्रति सौतेनी व्यवहार गरिरहेको छ । सुलियत कर्जा पाएको अबस्था छैन् । बैंकिङ क्षेत्रमा तरलता बढ्दै गएको छ । यस्तो विष्म परिस्थितीमा पनि देशको अर्थतन्त्र उकास्न नीजि क्षेत्रको मुख्य भुमिका छ । साना उद्योगी व्यवसायीका तमाम समस्याहरु सम्बोधन गर्न सरकार संग साक्षात्कार गर्न सक्ने,लविङ,बहस छलफ गर्न सक्ने व्यक्ति नेतृत्वमा आउनु पर्ने आजको आबश्यकता छ ।”

जुम्लाको स्याउ,सिमि,ओखर रैथाने बालि मार्सि चामल,जडिबुटी अझै पनि उचित मुल्य नपाएर कौडीको भाउमा विक्री भइरहेकोले उत्पादन बृद्धि,प्रशोधन तथा बजारीकरणमा जोड दिने समेत जुम्लाका उद्योगी व्यवसायी लाई पूर्व अध्यक्ष ढकालले अनुरोध गर्नुभयो ।

त्यस्तै नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रिय जिल्ला तथा नगरकमिटी उपाध्यक्ष दिनेश श्रेष्ठले उद्योग बाणिज्य संघ भनेको नीजि क्षेत्रको उत्थान गर्ने र आर्थिक समृद्धीको बहस गर्ने थलो भएकोले गुटबन्दी गरेर राजनीति थलो बनाउन नहुने उल्लेख गर्नुभयो । विशुद्ध उद्योगीहरुका सवालमा वकालत गर्ने व्यक्ति आउनुपर्नेमा जोड दिनुभयो ।

साथै कार्यक्रममा उद्योग वाणिज्य महासंघका केन्द्रिय सदस्य हेमराज ढकाल, उद्योग बाणिज्य महासंघ कर्णाली प्रदेश अध्यक्ष्म पदम शाही,उद्योग बाणिज्य महासंघका पुर्व केन्द्रिय उपाध्यक्ष निरक केसी सहितका बक्ताले जुम्लाको जल,जमिन,जडिबुटी,जंगल,रैथाने बालीको आर्थिक सम्भावनालाई अबसरमा बदल्न जुम्लाको नीजि क्षेत्रले परिणाममुखी काम गर्नुपर्ने सुझाब दिएका थिए ।

जुम्लाका राजनीतिक दलहरुका प्रमुख तथा प्रतिनिधिहरुले जुम्लाको स्रोत परिचालन गर्न सक्ने र औधोगिक विकास,उद्योगीका समस्या समधान र उत्थान गर्ने व्यक्तिलाई नेतृत्वमा आउन समेत शुभकामना दिनुभयो । प्रमुख जिल्ला अधिकारी बिजयाकुमारी प्रसाईले सुखी नेपाली समृद्ध नेपालको राष्टिय आकाँक्षा पूरा गर्न आर्थिक समृद्दि बिना सम्भव नरहेको भन्दै उद्योगी व्यवसायिको हित संगै देशको अर्थतन्त्र विकासमा नीजि क्षेत्रको भुमिका फराकिलो बनाउन सरकार तयार हुनुपर्ने बताउनुभयो ।

कार्यक्रममा उद्योग बाणिज्यका संस्थापन अध्यक्ष पन्न बहादुर रोकाया सहित व्यवसायी उद्योगी थानेश्वर पोखरेल,गोविन्द शाही,माया नगरकोटि,मीन प्रसाद पौडेल,देवेन्द्रराज उपाध्याय,बलिराज शाही,डम्बर कुमारी खड्का,देउऋषि चौलागाईलाई सम्मान समेत गरिएको थियो ।

उवासंघका पुर्वअध्यक्ष तथा सल्लाहकार गोविन्द शाहीले उद्योग बाणिज्य संघले शुरुवातदेखि व्यवसायीका हितमा वलकात मात्र नभइ सामाजिक क्षेत्रमा उल्लेखीय काम गर्दै आएको बताउनुभयो । प्रगती विवरण पेश गर्दै शाहीले हाल सम्म उवासंघको नाममा सांग्रिला विकास बैंकमा ५५ लाख रुपैया मुद्धती खातामा जम्मा रहेको उल्लेख गर्नुभयो । नेपालकै उत्कृष्ट काम गरेको भन्दै चार पटक प्रधानमन्त्रीबाट जुम्ला उवासंघ पुरुस्कृत तथा सम्मानीत भइसकेको जानकारी दिनुभयो ।

सहमतीबाटै नेतृत्व छान्ने प्रयास
उद्योग बाणिज्य संघ जुम्लाको १६ औँ चुनावी साधारण सभाबाट सहमतीकै आधारमा नयाँ नेतृत्व छान्ने प्रयास भईरहेको वर्तमान अध्यक्ष रज्जव अलिमनिहारले बताउनुभयो । समग्रमा आफ्नो कार्यकाल सफल रहेको भन्दै आउने अध्यक्ष लगायतको समितिले जुम्लाका उद्योगी व्यवसायीका समस्या समधान तथा उपभोक्ताका अधिकार कार्यान्वयनमा जोडदिनेमा विश्सस्त रहेको उल्लेख गर्नुभयो ।

हाल सम्म उवासंघका वर्तमान बरिष्ठ उपाध्यक्ष पुरीचन्द्र देवकोटाले अध्यक्षका लागि उम्मेदवारी घोषणा गरेका छन् । भने हाल सम्म अध्यक्ष पदका लागि देवकोटा बाहेक अन्यले उम्मेदवारी घोषणा गरेका छैनन् । यदपी,सहमतीकै आधारमा नयाँ नेतृत्व छनोट गर्ने कसरतमा जुटिरहेको जनाइएको छ । प्रत्यक तीन वर्षमा नयाँ नेतृत्व फेर्नुपर्ने विधान अनुसार जुम्ला उद्योग बाणिज्य संघको नयाँ कार्यसमिति चयन गर्न लागिएको हो । शनिवार सम्म सकेसम्म सहमतीकै आधारमा नेतृत्व टुग्याइने छ ।

प्रकाशित मिति : २०७८ चैत्र ४ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस