
जुम्ला । सिंजा क्षेत्रका तीन गाउँपालिकामा पालिका स्तरीय बाल भेला सम्पन्न भएको छ । छुट्टा छुट्टै समयमा सिंजा क्षेत्रका हिमा,सिंजा र कनकासुन्दरी गाउँपालिकामा पालिका स्तरीय बाल भेला सम्पन्न भएको हो ।
बाल अधिकारको कार्यान्वयन,स्थानीयतहमा बालमैत्री संरचनाको निर्माण,सामाजिक संजालको सही प्रयोग तथा गाउँस्तमार बालबालिकाका समस्या पहिचान र समधानका लागि संघसंस्था स्थानीयतहले कसरी समधान गर्न सक्छन् भन्ने विषयमा बहस छलफल गर्ने उद्देश्यले तीन पालिकामा बाल भेला सम्पन्न भएको बाल भेलाका प्रशिक्षक धनराज सुनारले बताए ।
उनका अनुसार फागुन ११ र १२ गते हिमा गाउँपालिकामा,फागुन १३ र १४ गते सिंजा गाउँपालिकामा र चैत २ र ३ गते कनकासुन्दरी गाउँपालिकामा पालिकास्तरीय बाल भेला सम्पन्न भएको हो ।
कनकासुन्दरी गाउँपालिकाको बाल भेलामा त्यहाँका बालबालिकाको उत्साहपुर्ण सहभागिता रहेको थियो । पहिला बाल अधिकार,स्थानीयतहमा बाल बालिकाको विकासका लागि हुने गतिविधि बारे केहि थाहा थिएन् । बाल भेलामा सहभागी कनकासुन्दरीकी बालिका बिनु हमालले भनिन,“दुई दिनेभेलाले बाल अधिकार सुनिश्चिताका लागि स्थानीयतह संघसंस्था संग बहस छलफल पैरबी गर्न आबश्यक ज्ञान मिलेको छ । शुरुमा परिचय दिन आफ्नो अन्तरनिहित प्रतिभा देखाउन समेत डराउने आफु सहितका बालबालिकाहरु आफ्नो अधिकार कार्यान्वयनका लागि वकालत गर्न सक्षम भएकोमा खुसी छौ ।”
यसअघि स्थानीयतहमा बालबालिकाका लागि केकस्ता कामहरु भइरहेका छन् भन्ने थाहा नभएपनि अब आफै गएर सोधपुछ गर्ने बालबालिका क्षेत्रमा बजेट छुटाउन तथा बालमैत्री कार्यक्रममा जोड दिन जनप्रतिनिधि सुझाब समेत दिन सक्षम भएको हमालको भनाई छ ।
पालिकास्तरी बाल भेलामा सहभागी कनकासुन्दरीका २४ जना बालबालिकाले यस्ता भेला बहस छलफलले बालअधिकार कार्यान्वयनका मात्र जोड दिने नभइ समस्या पहिचान र समधानका उपाय खोजीका मार्गहरु पनि प्रसस्त देखाउने उल्लेख गरेका छन् ।
प्रशिक्षक धनराज सुनारले कनकासुन्दरी गाउँपालिका सहित हिमा र सिंजाका बाल भेलामा सहभागीहरुलाई बाल अधिकार कार्यान्वयनको अबस्था,समस्या पहिचान,समधानका उपाय,बालमैत्री पूर्वाधार देखि शिक्षा र व्यवहार,सामाजिक संजालको प्रयोग लगायतका विषयमा प्रशिक्षक गराएका थिए ।

कनकासुन्दरी गाउँपालिकामा चैत ३ गते सम्म बाल भेलामा बोल्दै पालिका अध्यक्ष नरविर रावतले बालबालिका भविष्यका कर्णदार भएकोले उनिहरुको सर्वपक्षिय विकासका लागि पालिकाले नीतिगत व्यवस्था गर्नुपर्नेमा जोड दिए । बालबालिकालाई आफ्नो अधिकार र कर्तव्यका विषयमा स्पष्ट बनाउने र क्षामता विकास पनि हुने भएकोले आगामी दिनमा पनि बालभेला जस्ता कार्यक्रमलको आबश्यक रहेको औल्याउनु भयो ।
बालभेला समापन कार्यक्रमको सभाअध्यक्ष समेत भेलामा सहभागी बालकबाट एकजनालाई गराइएको थियो । भविष्यमा सक्षम व्यक्ति बनाउनका लागि पनि अहिले हरेक विषयको अभ्यास जरुरी रहेको छ । बाल अधिकार कार्यान्वयन अझै फितलो भएकोले स्थानीयतहका जनप्रतिनिधिलाई उत्तरदायी बनाउन,बालमैत्री नीति निर्माणमा खबरदारी गर्न भेला छलफलको आबश्यक रहेको छ । सोही विषयलाई मध्यनजर गरी प्लान नेपालको सहयोग तथा आत्म सम्मानका लागि सहकार्य क्याड नेपालको आयोजनामा सिंजा क्षेत्रका तीन पालिकाममा विभिन्न समयमा पालिका स्तरीय बाल भेला सम्पन्न गरिएको हो ।
बाल भेलामा सहभागी बालबालिका सहित पालिकाका जनप्रतिनिधिले होली समेत भेलामै मनाएका थिए ।
८ बुँदे घोषणा पत्र जारी
तीन पालिकामा सम्पन्न बाल भेलाबाट ८ बुँदे घोषणा पत्र समेत जारी गरिएको छ । बाल अधिकार सम्बन्धी ऐन २०७८ कार्यान्वयन गर्ने,बालमैत्री स्थानीय शासन राष्ट्यि रणनीति २०७८ र बालमैत्री स्थानीय शासन कार्यविधि २०७८ कार्यान्वयनमा जोड दिने सहितका ८ बुँदे घोषणा पत्रका कनकासुन्दरी गाउँपालिका अध्यक्ष उपाध्यक्ष सहित १ देखि ९ वडाका वडाध्यक्ष र अन्य सरोकारवालाको हस्ताक्षरमा घोषणापत्र जारी गरिएको छ । बाल अधिकार कार्यान्वयका लागि कनकासुन्दरी गाउँपालिका १ देखि ९ नम्बर वडाका सबै ववडाध्यक्षहरुले आफुहरु प्रतिबद्ध रहेको बताएका छन् ।
जुन घोषणापत्र यस प्रकार छ





