जुम्ला । व्यवहारिक शिक्षा अभावकै कारण सामुदायिक विद्यालयबाट उत्पादित जनशक्ति बजारमा बिक्न मुस्किल छ । पढ्नु भनेकै जागिर खानु हो भन्ने मानसिकता हाबी छ । जसले गर्दा शैक्षिक बेरोजगारहरुको संख्या बढाएको छ । त्यसैले उत्पादित जनशक्ति बजारमा टिक्ने र बिक्ने बनाउन विद्यालयस्तरमा व्यवहारिक शिक्षाको आबश्यकता छ । त्यसका लागि विषयगत शिक्षकरुको क्षमता विकास तालिम र व्यवहारिक शिक्षण विधिको लागुनै शिक्षामा गुणस्तर ल्याउने उत्तम विकल्प हो ।
जसको सुरुवात जाइका आइमिन परियोजनाको आर्थिक तथा प्राविधिक सहयोगमा तातोपानी गाउँपालिकाले गरेको छ । विषयगत शिक्षकको क्षामता विकास,प्रविधिमैत्री विद्यालय निर्माण,व्यवहारिक शिक्षामा जोड,विद्यालय सुधार योजना निर्माण लगायतका विषयमा बेलाबेला तालिम सञ्चालन गर्दै आएको छ ।
शिक्षकहरुको क्षामता विकास र विद्यालय सुधारका विषय वितेको पाँच वर्षमा तीनै तहका सरकारको खास प्रथामिकतामा पर्न सकेनन् । सधै शैक्षिक गुणस्तरका बहस चलाएपनि गुणस्तर ल्याउने व्यक्तिको क्षामता विकास र शिक्षा लगानी गर्न सरकार चुकेकै देखिन्छ ।
तर जुम्लामा जाइका आइमिन परियोजनाले जुम्लामा शिक्षकको क्षामता विकास र विद्यालय सुधारका क्षेत्रमा उल्लेखीय काम गर्दै आएको छ । जस अन्तरर्गत शुक्रबार तातोपानी गाउँपालिकामा पाँच दिने शिक्षकको पेशागत विकास सम्बन्धी अतिरिक्त तालिम सम्पन्न भएको छ । पालिकाका २६ वटा सामुदायिक विद्यालयका २६ जना गणित विषयका शिक्षकहरु सहभागि थिए ।
विद्यालय नमुना बनाउन शिक्षामा गुणस्तर ल्याउन,व्यवहारिक शिक्षण विधि लागु गर्न ज्ञानको आबश्यक पर्छ । तालिममा सहभागी शिक्षिका डिल्ली चालिसेले भन्नुभयो,“परम्परागत विधिबाटै पढाउने गरेका थियौ । पाँच दिने तालिमले व्यवहारिक शैक्षिक विधि प्रयोग गर्नुका साथै शिक्षक निर्देशिकाको प्रयोग गरी बालबालिकाको शैक्षिक उपलब्धी हासिल गर्न उर्जा थपिएको छ । शैक्षिक गुणस्तरका हिसाबले नमुना विद्यालय बनाउने आँट पनि आएको छ ।”
जाईका आईमिन परियोजना जिल्ला अधिकृत दिपराज रावतले कक्षा १ देखि ३ सम्मका बालबालिकाको गणित विषयमा शैक्षिक उपलब्धी तथा सिकाइ बृद्धिका लागि शिक्षकको पेशगात विकास लागि अतिरिक्त तालिम सञ्चालन गरिएको बताउनु भयो ।
तालिममा गणित विषयका शिक्षकलाई ठोस,अर्धठोस र सांकेतिक चिन्हका माध्यमबाट बाल केन्द्रित व्यवहारिक शिक्षण विधिबारे सिकाइएको उहाँको भनाई छ । पाठ्यक्रम विकास केन्द्र र शिक्षा तथा मानव संसाधन विकास केन्द्रले सहयोगमा कार्यक्रम भईरहेको छ ।
विषयमध्यका सबैभन्दा गा्रहो र बालबालिकाले पढ्नै नरुचाउने गणित विषयलाइ सहज र सरल बनाउन पेशागत विकास तालिमले शिक्षकहरुलाई शिक्षण गराउन कोशे ढुंगा सावित हुने प्रशिक्षक कृष्ण रोकायाले बताउनुभयो ।
तातोपानी गाउँपालिका अध्यक्ष नवराज न्यौपानेले शिक्षामा प्रयाप्त लगानीका बीच पनि सामुदायिक विद्यालयको शैक्षिक उपलब्धी अपेक्षाकृत नभएको बताउनुभयो । तालिम पश्चात आगामी दिनमा तातोपानीका विद्यार्थी गणित विषयमा उत्कृष्ट भएको हेर्ने विश्वास व्यक्त गर्नुभयो ।
तातोपानी गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत मिलन बुढ्थापाले तालिममा सिकेका कुरा व्यवहारमा कार्यान्वयन गरी शैक्षिक गुणस्तरमा सुधार तथा बालबालिकाको सिकाइमा बृद्धि गर्न सुझाब दिनुभयो ।
विषयमध्यकै अप्ठयारो मानिने गणित विषयलाई सहज र सरल बनाएर पढाउन व्यवहारिक शिक्षण विधि प्रयोग अपरिहार्य रहेको उल्लेख गर्नुभयो । आगामी दिनमा तातोपानीका २८ वटै विद्यालय सुधार र शिक्षकको पेशागत विकासका लागि पनि पालिकाले थप लगानी गर्ने प्रमुख प्रशासकिय अधिकृत बुढ्थापाको भनाई छ ।
तातोपानीका २८ वटै विद्यालयका १ देखि ३ कक्षा सम्मका बालबालिकाको शैक्षिक उपलब्धी बढाउन तथा सिकाइ बृद्धिका लागि जाइका आइमिन परियोजनाको सहयोगमा तातोपानीका शिक्षकलाई विभिन्न चरणमा तालिम सञ्चालन गरिने तातोपानी गाउँपालिका शिक्षा शाखा प्रमुख सुरत शाहीले बताउनुभयो