जुम्ला । पछिल्लाे समय देशका विभिन्न प्राविधिक शिक्षालयमा अध्यायनरत छात्राहरु याैन हिंसाकाे सिकार हुन थालेका छन् । केही समयअघि मोरङको लेटाङ नगरपालिका, चितवनको माडी नगरपालिकालगायत देशभर छात्राहरू माथि याैन हिंसा भयाे । त्यस्तै विधालयमा पनि किशाेरीहरु सुरक्षित छैनन् ।
यसै बीच शिक्षालयका छात्राहरुमा हुने याैन हिंसा न्युनिकरण गर्न अखिल ( क्रान्तिकारी ) काे छात्रा विभाग द्दारा जिल्ला प्रशासन कार्यालय जुम्लालाई ध्यानकर्षण गराईएकाे छ ।
छात्रा विभागकि प्रमुखलाई सावित्री अधिकारीले प्रमुख जिल्ला अधिकारी विजयाकुमारी प्रसाईलाई ध्यानकर्षण पत्र बुझाईएकाे हाे ।
ध्यानकर्षण पत्रमा भनिएकाे छ,”पछिल्लो समय देशभर शिक्षालयहरूमा छात्राहरू विभिन्न खाले हिंसाका शिकार भइरहेका छन् । त्यसमध्ये यौनहिंसा प्रमूख रहेको छ । छात्राहरू शिक्षालयमा नै असुरक्षित भइरहेका छन् । सरकारले चालेको अपर्याप्त र सुस्त कदमप्रति हाम्रो सङ्गठनको गम्भीर ध्यानाकर्षण भएको छ । नेपालमा यससम्बन्धी कडा कानुन नहुनु र भएको कानुन पनि सहि तरिकाले कार्यान्वयन नहुनु प्रमूख समस्या रहेको छ । छात्राहरुमा हने हिंसा न्युनिकरणमा प्रहरी प्रशासनकाे विशेष ध्यान जावस ।”
एमसिसि जस्तो राष्ट्रघाती सम्झौता सजिलै सदनबाट पास गर्ने फौजदारी कसुर तथा फौजदारी कार्यविधिसम्बन्धी केही ऐन संशोधन गर्ने अध्यादेश -२०७७” पास नगरि दोषीलाई सजायबाट उम्काउन लागेको भान भएको छ ।
आपराधिक क्रियाकलाप हुन नदिनका लागि ठोस योजना बनाइ स्थानीय तहदेखि तीनै तहमा ठाेस नीति बनाउनु पर्ने र अपराधीहरूमाथि कडा भन्दा कडा कार्वाहीको माग गर्न ध्यानकर्षण गरिएकाे छ ।
क्रान्तिकारी सङ्गठन देभरभर भइरहेका छात्रामाथि यौनहिंसाको घटनाहरूको सत्यतथ्य पत्ता लगाइ दोषीलाई कारवाही गर्न र छात्राहरूलाई शिक्षालयहरूमा सुरक्षित र हिंसारहित वातावरणमा अध्ययन गर्न पाउने अधिकारको सुनिश्चितता गर्न जोडदार माग गरिएकाे छात्रा विभाग प्रमुख अधिकारीले उल्लेख गरिन् । छात्राहरुमा हुने हिंसा राेक्न प्रहरी प्रशासन प्रतिबद्द रहेकाे प्रजिअ विजयाकुमारी प्रसाईले बताईन् ।