कैदीवन्दीलाई विजुली जडान सीप

जुम्ला ः कारागारमा वन्दी जीवन विताउदै आएका कैदीवन्दीलाई विजुली जडान सम्वन्धी सीप सिकाएको छ । उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय जुम्लाको आयोजनामा कैदीवन्दीलाई एक महिने विजुली जडान (हाउस वाइरिङ) सम्वन्धी सीप सिकाएको हो ।
वन्दी जीवनपछि समाज तथा गाउँठाउँमा केही पेशा व्यवसाय गरेर जीविकोपार्जन गर्न सकुन भन्ने उद्देश्यका साथ कैदीवन्दीहरुलाई विजुली जडान सम्वन्धी सीप सिकाएको हो ।
कैदी खड्कजित रोकायाले भने हामीले कारागार प्रशासनसँग सीपमुलक तालिमको माग गरेका थियौँ । सोही मागलाई सम्बोधन गरी कारागार प्रशासनले उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय जुम्लासँग समन्वय गरी एक महिने विजुली जडान सम्वन्धी सीपमुलक तालिम प्रदान गरेको हो । यसप्रति हामी आभारी छौँ ।
वन्दी जिवन पछि यहाँका कैदीवन्दीहरुलाई यो सीपलाई समाजमा बाच्ने आधार बनाएको उनले बताए । उनले भने अझै अहिलोको प्रविधि र युगमैत्री सीप सिकाउन हामी कारागार प्रशासन र सरोकारावाला निकायसँग माग गर्दछौँ ।
उद्योग तथा उपभोक्ता हिंत संरक्षण कार्यालय जुम्ला श्रीकृष्ण देवकोटाका अनुसार कैदीवन्दीलाई पनि सीप सिकाएर भोलिको वन्दी जिवनपछि पेशा व्यवसाय गरेर जीविकोपार्जन गर्न सहज होस भनेर सीप सिकाइएको हो । अघिल्ला बर्षहरुमा पनि कार्यालयले हातेहोजियारी सम्वन्धी पनि सीप सिकाउने काम भएको हो ।
सहायक प्रमुख जिल्ला अधिकारी प्रमिला रिजालले कारागार भित्रबाट पनि आयआर्जनका काम गर्न सकिने बताइन् । उनले भनिन् यस्तै विजुली जडानदेखि हातेहाजियारी सम्वन्धी सीपले आम्दानी पनि हुने र वन्दी जीवन पनि विताउने सहज हुन्छ । २० जना कैदीवन्दीलाई ०७८ फागुन २४ देखि चैत २३ गतेसम्म एक महिने विजुली जडान तालिम दिएको हो ।

प्रकाशित मिति : २०७८ चैत्र २३ गते बुधवार
प्रतिक्रिया दिनुहोस