
जुम्ला । तातोपानी गाउँपालिका वडा नं.५ निवासी कृष्णदत्त चौलागाँईको घरमा आगलागी भएको छ । खाजा पकाउन चुलोमा बालेको आगो सल्कीएर घरको तेस्रो तलामा आगालागी भएको हो । आगलागी हुँदा तेस्रो तलामा रहेको भान्सा सहित ३ वटा कोठा जलेर पुर्ण रुपमा नष्ट भएको छन् । घरमा रहेको लत्ता कपडा,अन्नपात,भाडाहरु सबै नजेर नष्ट भएको छ । यदपी क्षतीको एकिन विवरण आउन बाँकी छ । शनिवार विहान प्रहरी घटनाको मुछुल्का उठाउने भएको छ ।
चन्दननाथ नगरपालिकाको दमकलको सहयोग र स्थानीय नागरिक,नेपाल प्रहरी,शसस्त्र प्रहरीको सहभागितामा आगलागी नियन्त्रणमा लिइएको तातोपानी ५ का स्थानीय तथा तातोपानी गाउँपालिकाका स्वास्थ्य संयोजक गुरु प्रसाद चौलागाईले बताए ।
उनका अनुसार घरको तेस्रो तलामा रहेको भान्साको आगो बाल्ने चुलोबाट काठमा आगो सल्केर ग्याँस सिलिण्डर पड्कीएपछि घरमा ठुलो आगजनी भएको हो । आगो निभाउने क्रममा डोजर प्रयोग गरेर घरको जस्ता पाता,झयाल,पर्खाल सबै भत्काईएकोले पुर्ननिर्माण नगरे सम्म बस्ने मिल्ने स्थिती छैन् ।
आगलागी भएको खबर गरेको केहि समयमा चन्दननाथ नगरपालिकाको दमकल नेपाल प्रहरी,शसस्त्र प्रहरी घटना स्थलमा पुगेको थियो । सुक्खा समयमा आगलागीका घटना बढ्ने र घरमा लापरबाहीका कारण पनि आगलागीका घटनाहरु हुने भएकोले सचेत रहनु पर्ने प्रहरीको सुझाबको छ । क्षतिको एकिन विवरण,पिडितलाई उचित राहत उद्धार लगायतको विस्तृप्त जानकारी थप आउन बाँकी छ ।



