चुनावी गठबन्धनबारे काँग्रेसभित्रै फरक मत:सभापति शाहीकाे निर्णयप्रति असहमति (विज्ञप्ती सहित)

                                                                                         जुम्ला । आगामी बैशाख ३० गते हुने स्थानीय तहकाे निर्वाचनमा माओबादि र एस पार्टि संग चुनावी गठबन्धन गर्ने काँग्रेस सभापति कर्ण बहादुर शाहीकाे एकल निर्णयप्रति काँग्रेसकै पाैडेल पक्षले असहमती जनाएकाे छ ।

सात जना पदाधिकारी द्दारा हस्ताक्षरित जारी विज्ञप्तीमा भनिएकाे छ,”पार्टिकाे विभिन्न बैठकले आबश्यकता र ओैचित्यका आधारमा गठबन्धनमा रहेका दलहरु संग चुनावी तालमेल गर्ने निर्णय गरेपनि चैत २२ र २३ गते ६० वटै वडा,८ स्थानिय तह,दुई निर्वाचन क्षेत्रका सभापति,क्षत्रिय सभापति,कार्यसमिति सहितकाे बैठकले गठबन्धन नगर्न निर्णय गरिएकाेमा पार्टि सभापति शाहीले निर्णय मर्म विपरित पार्टिमा आन्तरिक छलफल नगरी एकल रुपमा बसि चुनावी गठबन्धन गर्ने भनी गरिएकाे निर्णय प्रति हाम्राे गम्भीर आपत्ति र असहमती रहेकाे छ ।”

निरंकुश शैलीमा गरिएकाे गठबन्धनबारे निर्णयकाे घाेर भत्सना गर्दै जुम्लामा नेपाली काँग्रेस आगामी निर्वाचनमा एक्लै चुनाव लड्ने निष्कर्षमा पुगेकाे पार्टिका उपसभापति कार्मा बुढाले बताए ।

उनले भने,”काँग्रेस एक्लै चुनाव लड्न तयार छ । एकल निर्णय प्रति हाम्राे आपत्ती छ । आबश्यकता र ओैचित्यका आधारमा मात्र गठबन्धन हुन सक्छ । अन्यथा हुदैन ।”

 

प्रकाशित मिति : २०७८ चैत्र २७ गते आइतवार
प्रतिक्रिया दिनुहोस