जुम्ला । जुम्लाको तिला गाउँपालिका वडा नम्बर ३ स्थित सार्किबाडामा आगलागी हुँदा एकै परिवारका चार जनाकाे मृत्यु भएकाे छ । तिला ३ सार्कबाडा निवासी मानसिंह सार्किको घरमा आगलागि हुँदा दुई छोरी,एक छोरा र भान्जी सहित चार बालबालिकाको मृत्यु भएकाे हाे ।
आगलागीमा परी मानसिंह सार्कीकि दुई छोरी, एक छोरा र एक भान्जीको मृत्यु भएको डिएसपी नरेन्द्र चन्दले बताए । उनका अनुसार मृत्यु हुनेमा सार्कीका छोरीहरु ११ वर्षीय छोरी अनु सार्की, तीन वर्षीय छोरी दर्शना सार्की, १ वर्षीय छोरा दीपेश सार्की र भान्जी १४ वर्षीय तिर्सना सार्की रहेका छन् ।
आगलागीका कारण मानसिंह र निजकी श्रीमती फागुनी सार्की, बहिनी रुन्चकली सार्कीसहित बेहोस भएपछि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ल्याई उपचार भईरहेकाे प्रहरीले जनाएकाे छ ।
जुम्ला सदरमुकामबाट २१ किलाेमिटर टाढा रहेकाे सो गाउँमा भएकाे आगलागीको कारणबारे भने अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार राति ११ः४५ बजेबाट भएकाे आगलागी राति ३ः३० मा नियन्त्रणमा आएको थियो ।
आगलागी नियन्त्रणका लागि भने मध्यरात प्रमुख जिल्ला अधिकारी बिजया प्रसाई, प्रहरी नायव उपरीक्षक चन्दसहित नेपाल प्रहरी, सशस्त्र प्रहरी नेपाली सेना र स्थानीयले घटनास्थलमा गई आगो नियन्त्रणमा लिएका थिए ।
प्रमुख जिल्ला अधिकारी विजया कुमारी प्रसाईले मृत्तक परिवारलाई छिट्टै राहत दिईने बताउनुभयाे । एकै परिवारमा मृत्यु भएकाे एक जनालाई २ लाख र अन्नयलाई १/१ लाखका दरले राहत दिने प्रावधान अनुसार मानसिंह परिवारले ४ लाख र उनका मृत्तक भान्जिका परिवारले २ लाख गरि जम्मा ६ लाख राहत पाउने छन् ।
प्रजिअ प्रसाईले भन्नुभयाे,”विपद काेषमा बजेट रहेकाे र थप बजेट व्यवस्थापनका लागि गृह मन्त्रालयमा माग गरिरहेकाे छ । मृत्तकका आफन्त अस्पतालमा उपतारथ भएकाेले डिस्चार्ज हुने बित्तिकै राहत रकम दिईने छ ।”
सुक्का माैसमा मानविय लापरबाहि लगायतका कारणले आगलागी हुने भएकाेले सचेत रहन,बालबालिकालाइ प्रजलनसिल बस्तुबाट टाढा राख्न समेत प्रशासनले आग्रह गरेकाे छ ।