कर्णाली प्रदेश सरकार
उद्योग, वन, पर्यटन तथा वातावरण मन्त्रालय
उद्योग तथा उपभोक्ता हित संरक्षण निर्देशनालय
उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय
जुम्ला
मुख्यमन्त्री दलित आय आर्जन प्रवर्द्धन कार्यक्रम सञ्चालन सम्बन्धी सूचना
दोश्रो पटक प्रकाशित मितिः २०७९/०२/१९
कर्णाली प्रदेश सरकारले गरिव, वेरोजगार तथा विपन्न दलितको परम्परागत पेशा वा व्यवसायलाई आधुनिकीकरण गर्दै आयआर्जन क्षमता विकास गर्न वित्तीय पँहुच सहयोग कार्यक्रम मा दर्खास्त पेश हुन नआएको हुनाले मिति २०७९।२।१८ गते बसेको संचालक समितिको बैठकले पुनः७ सात दिने सूचना प्रकाशित गर्ने निर्णय भएअनुसार वित्तीय पँहुच सहयोग कार्यक्रम सञ्चालन गर्नको लागि जुम्ला जिल्लाभित्रका इच्छुक दलित व्याक्ती, समुहले तथा व्यवशायीक दर्ता फर्महरुले सूचना दोश्रो पटक प्रकाशन भएको मितिले (२०७९/२/२५) ७ सात दिनभित्र देहाय बमोजिमका कागजात संलग्न राखी यस उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालयमा आवेदन दिनुहुन यो सूचना प्रकाशन गरिएको छ।
| क्र.सं. | कार्यक्रम |
| १ | वित्तीय पँहुच सहयोग कार्यक्रम |
आवश्यक कागजातः
- वित्तीय पहुँच सहयोग कार्यक्रमका लागि व्यक्तिले पेश गर्नुपर्ने कागजात:
- नेपाली नागरिकताको प्रमाणपत्र ।
- अनुसूची-३ अनुसारको आवेदन ।
- कार्यविधिको अनुसूची-१ बमोजिमको व्यवसायिक योजना, लागत साझेदारी प्रस्ताव, सम्बन्धित पेशा व्यवसायको तालिम लिएको प्रमाणपत्र, व्यवसाय दर्ता प्रमाणपत्र र कर चुक्ता प्रमाणपत्रको प्रतिलिपि ।
- पेशा व्यवसायलाई आधुनिकिकरण गर्न आवश्यक मेशिन, उपकरण वा पूर्वाधार निर्माणको व्यवसायिक प्रस्ताव ।
- समूहगत लाभग्राहीको हकमा प्रत्येक समूहमा फरक फरक घरपरिवारका कम्तीमा पन्ध्र जना लाभग्राही समेटिएको समूहको निर्णयको प्रतिलिपि र सदस्यको नामावली तथा नागरिक्ता प्रतिलिपी सहित।
- पेशा वा व्यवसायलाई निरन्तरता गर्ने लिखित प्रतिवद्धता ।
श्रीकृष्ण देवकोटा
नि.कार्यालय प्रमुख
थप जानकारीका लागि सम्पर्कः
उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय जुम्ला ।
सम्पर्क नं.: ०८७-५२००२१, ९८५८३६६०२१



