जुम्ला । जुम्लाका शिक्षकहरुलाई मनाेसामाजिक परामर्श तालिम शुरु भएकाे छ । काेराेना कहरले प्रभावित शिक्षकहरुलाई शिक्षणमा सहजत ल्याउन र पढाउनु पहिले मानसिक रुपमा स्वच्छ बनाउन मनाेसामाजिक परामर्श तालिमकाे आयाेजना गरिएकाे हाे ।
जिल्लाका सिंजा, हिमा र तिला गाउँपालिकाका शिक्षहरुलाई मनाेसामाजिक तालिम दिन लागिएकाे हाे । सामाजिक विकास कार्यालय जुम्लाकाे आयाेजनामा तालिम शुरु भएकाे मनाेसामाजिक विमर्शकर्ता नन्दराज आर्चायले बताए ।
पछिल्लाे विभिन्न कारणले हरेक क्षेत्रका नागरिकहरुमा मनाेसामाजिक समस्या बढ्दै गएकाेले परामर्श शिक्षा,तालिम आबश्यक रहेकाे छ । तीन दिन सम्म शिक्षकरुलाइ मानसिक तनावबाट कसरी मुक्त रहने र बालबालिकालाई पनि कसरी तनाव मुक्त रहन सिकाउने भन्नेबारे सिकाईने छ ।
यता सामाजिक विकास कार्यालय जुम्लाका कार्यालय प्रमुख तुलराज चाैलागाईले काेराेनापछि शिक्षकहरु पनि डिप्रेसन,मानसिक तनाव लगायतका मनाेसामाजिक समस्यामा रहेकाे हुनाले तालिमकाे आयाेजना गरिएकाे बताए ।
उनका अनुसार विधालय शैक्षिक अबस्था सुधार गर्न,शिक्षामा गुणस्तर ल्याउन शिक्षकहरु शारिरिकर मानसिक रुपमा सक्षम हुन जरुरी रहेकाे उनकाे भनाई छ । सामाजिक विकास कार्यालयले जातिय विभेद अन्त्य,छुईप्रथा,शिक्षा स्वास्थ्यका सवालमा पैरवि वकालत तथा जनचेतना मुलक कार्यक्रम र क्षामता विकाि तालिम गर्दै आएकाे छ ।



