
जुम्ला : अपांगता भएका व्यक्तहरुको जीविकोपार्जन सहयोग पुग्ने उद्देश्यका साथ कृषि सामग्री वितरण गरिएको छ । सामाजिक विकास कार्यालय जुम्ला सहयोग तथा अपांग पुर्नस्थापन तथा विकास केन्द्र जुम्लाको समन्वयमा कृषि सामग्री वितरण गरिएको हो ।
अपांग पुर्नस्थापना तथा विकास केन्द्र जुम्ला नन्दराज धितालका अनुसार आवश्यकता र क्षमताका आधारमा कृषि सामग्री वितरण गरेका छौँ । उनले भने कृषि सामग्री ग्रिन हाउस, थोपा सिचाई, हजारी, र १० प्रकारको सागपातको वीउविजन उपयोग र उत्पादन गर्न सक्ने अपांगता भएका व्यक्तिहरुलाई वितरण गरिएको हो । १६ जना अपांगता भएका व्यक्तिलाई यस्ता कृषि सामग्री वितरण गरिएको छ ।
यस्तै आवश्यकताका आधारमा ४० जनालाई हेयरमेसिन र ६० जना अपांगता भएका व्यक्तिलाई लौरो (स्टीक) वितरण गरिएको अपांग पुर्नस्थापना तथा विकास केन्द्र जुम्लाले जनाएको छ ।
सामाजिक विकास कार्यालय जुम्लाका निमित्त कार्यालय प्रमुख टंकप्रसाद न्यौपानेले अपांगता भएका व्यक्तिहरुको जिविकोपार्जनमा टेवा पुग्ने उद्देश्यका साथ कृषि सामग्री सहयोग गरिएको बताए । उनले भने उत्पादन गरी विक्रीवितरण गर्न नसके पनि आफैले खाएर पोषणमा सहयोग पुग्छ । यस्ता विषयलाई मध्यनजर गर्दै कृषि सामग्री वितरण गरिएको हो ।



