कर्णाली प्राविधिक शिक्षालयको ४२ औँ वार्षिक उत्सव मनाइयो

जुम्ला । कर्णाली प्राविधिक शिक्षालयको ४२ औँ वार्षिक उत्सव विहिबार मनाइएको छ । २०३७ सालमा स्थापना भएको नेपालकै जेठा प्राविधिक शिक्षालयको ४२ औँँ वार्षिक उत्सव विभन्न कार्यक्रम गरी मनाइएको हो । कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख गौरीनन्द आर्चायले शिक्षालयको शैक्षिक तथा पूर्वाधार विकासका लागि साँझा पहल जरुरी रहेको बताउनुभयो ।

दक्ष जनशक्ति उत्पादन गर्ने थलोलाई राजनीतिकरण गर्न नहुनेमा उहाँको जोड छ । शिक्षामा गुणस्तर,पूर्वाधार विकासमा जोड र टिकाउ विकाउ सिकाउ हुने खालको शिक्षा प्रदानमा सुझाब दिनुभयो ।

शिक्षालयमा खानेपानी,बत्तिको चरम समस्या रहेकोले उक्त समस्या समधानका लागि पहल गरिने उल्लेख गरे । प्रमुख जिल्ला अधिकारी विजयाकुमारी प्रसाईंले कर्णालीका निम्न मध्यम वर्गिय विद्यार्थीका लागि प्राविधिक शिक्षा आर्जन सहज माध्यम शिक्षालय बनेको बताउनुभयो ।

बजेट अभावले स्तरबृद्धि हुन नसकेका संरचना अघि बढाउन,शिक्षामा गुणस्तर ल्याउन तथा शान्ति सुरक्षा कायम गर्न प्रशासनले आबश्यक पहल गर्ने उहाँको भनाई छ । शिक्षामा गुणस्तर संगै विद्यार्थीमा अनुसशासन पालानामा जोड दिनुभयो ।

बजेट अभावले शिक्षालय स्तरबृद्दिमा चुनौती
बजेट अभावले नेपालकै जेठो ‘कर्णाली प्राविधिक शिक्षालय’ जुम्लाको स्तरबृद्धिमा समस्या भएको छ । मुलुककै पहिलो शिक्षालयमा खानेपानी,विजुली तथा भौतिक संरचनाको अभाव वर्षौदेखि भएपनि बजेट नहुँदा स्तरबृद्धि हुन सकेको छैन् ।

२०३७ सालमा स्थापना भएको शिक्षालयमा बाली विज्ञान,वन विज्ञान,ओभरसियर,सव–ईन्जिनियर लगायतका दर्जनौ कार्यक्रम संचालन छन् । शिक्षालय प्रमुख टेकेन्द्र थापाले भन्नुभयो,“मुलुकै जेठो प्राविधिक शिक्षालयमा तीनै तहका सरकारको ध्यान पुगेको छैन् । झण्डै साढे ५ सय ७२ विद्यार्थी अध्यायनरत छन् । खानेपानी बत्ती र सुविधायुत्त संरचनाकोले पठनपाठन प्रभावित भईरहेको छ । तर माग गर्दा पनि प्रदेश सरकारले उचित सहयाग हुन सकेको छैन् ।”

शिक्षालयले मुलुकका विभिन्न निकायमा झण्डै ४ हजार भन्दा बढी दक्ष जनशक्ति प्रदान गरि सकेको छ । सचिव उपसचिव देखि गाउँपालिका अध्यक्ष सम्म शिक्षालयका विद्यार्थी पुगेका छन् । तर शिक्षालयको स्तरबृद्धिमा तीनै तहका सरकारले अपेक्षित लगानी नगर्दा अभावकै बीच पठनपाठन भईरहेको उनको दुखेसो ।

गत आवमा शिक्षालयमा विनियोजित ५४ लाख ७५ हजार बजेट मध्य ९४ प्रतिशत बजेट खर्च भएको छ । भने चालु तर्फ विनियोजित ,७ करोड ४७ लाख ८० हजार ५ करोड ५८ लाख ५६ हजार ८ सय ६२ रुपैया खर्च भएको छ ।

शिक्षालयमा एचए र स्टाप नर्सको पढाईको उच्च माग भएपनि संघिय सरकार र कर्णाली प्रतिष्ठानले अनुमति नदिएको समेत गुनासो पोख्नुभयो ।

हिमा अध्यक्षले २ लाख दिने घोषणा
हिमा गाउँपालिका अध्यक्ष लक्ष्मण शाहीले आफ्नो कान्छो भाई सुरेन्द्र शाहीको स्मृतिमा अक्षयकोष स्थापना गर्न व्यक्तिगत २ लाख रुपैया दिने घोषणा गर्नभयो । कर्णाली प्राविधिक शिक्षालयमा अध्यायनरत स्वर्गीय भाई सुरेन्द्रको स्मृतिमा शिक्षाको बृद्धि विकासका लागि अक्षयकोष स्थापना गर्न २ लाख दिने घोषणा गरेका हुन् ।

शिक्षालयको वार्षिक उत्सवमा मन्तव्य राख्दै अध्यक्ष शाहीले अक्षयकोषले शिक्षाको शैक्षिक उन्नयनमा थोरै भएपनि टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो । साथै हिमा गाउँपालिकाले शिक्षालयको विकासका लागि ५ लाख दिने समेत घोषणा गर्नुभयो ।

कर्णाली प्राविधिक शिक्षालयको शिक्षालयको शैक्षिक तथा भौतिक अबस्था सुधारका लागि राज्यका सबै निकाय गम्भीर हुनुपर्ने उहाँको भनाई छ । शिक्षालय सुधारको विषय तीनै तहका सरकारको बजेट तथा नीति कार्यक्रममै समेटीनु पर्नेमा जोड दिनुभयो ।

 

प्रकाशित मिति : २०७९ साउन ५ गते बिहिवार
प्रतिक्रिया दिनुहोस