डिआरडिसी जुम्लाको अध्यक्षमा रामकृष्ण न्यौपाने

?????????????????????????????????????????????????????????

जुम्ला ः अपाङ्ग पुनस्र्थापना तथा विकास केन्द्र जुम्लाको अध्यक्षमा रामकृष्ण न्यौपाने चयन भएका छन् । छैटौँ चुनावी अधिवेशनले न्यौपानेलाई अध्यक्षमा चयन गरेको हो ।यस्तै उपाध्यक्षमा रुप्शी बुढा, महासचिवमा विजकली महतारा चयन भएकी छन् । यसैगरी कोषाध्यक्षमा रजना बुढा निर्वाचित भएकी छन् ।
सदस्यहरुमा नेत्रबहादुर शाही, नन्दराज धिताल, यज्ञबहादुर बुढ्थापा, कमला बुढा चयन भएका छन् । जिल्ला सदरमुकाममा सम्पन्न अधिवेशनले नयाँ नेतृत्व चयन गरेको हो । नव निर्वाचित अध्यक्ष रामकृष्ण न्यौपानेले संस्था र अग्रजहरुले देखाएको बाटो र अपांगता सवाललाई प्रथामिकता दिने प्रतिवद्धता जनाए ।

पुनस्र्थापना केन्द्रको अधिवेशनको उद्धाटन जिल्ला समन्वय उपप्रमुख जनक थकाली र प्रमुख जिल्ला अधिकारी बिजया कुमारी प्रसाईले गरेका थिए । अपांग पुनस्र्थापना तथा केन्द्र जुम्लामा लामो समय देखि अपांगता क्षेत्रमा कार्यरत संस्था हो । संस्थाले राज्य र सरोकारवाला निकायसँग मिलेर जनचेतना, क्षमता अभिबृद्धि, आयआर्जन, नीतिगत पैरवी गर्दै आएको छ । केन्द्रले नेपाली अपांगता भएका भएका व्यक्तिहरुको छाता संगठन राष्ट्रिय अपांग महासंघ नेपालमा पनि प्रतिनिधित्व गरि सकेको छ ।
संस्थाले जिल्लाभर आफ्नो समुह तथा संजाल समेत विस्तार गरको छ । पुनस्थापना केन्द्रको चुनावी साधारण सभामा जिल्ला भरका समुहका सदस्य, प्रतिनिधि र साधारण सदस्यहरुको उपस्थिति भएका संस्थाले जनकारी गरेको छ ।

पुनस्थापना केन्द्रको विधानलाई संघीयताको मोडलमा लैजानले साधरण सभामा प्रस्ताव अगाडि सारिएको छ । यसका लागि जिल्लाका सवै तहमा समूह पुर्नगठन गर्ने, ति समूलाई दर्ता गराउने र हरेक स्थानीय तहका पाँच जना प्रतिनिधि साधारण सदस्य भएर आउने व्यवस्थालाई समेत अगाडि बढाईने भएको छ ।

प्रकाशित मिति : २०७९ साउन १२ गते बिहिवार
प्रतिक्रिया दिनुहोस