जुम्ला ः समाजमा व्याप्त बालविवाह र घरेलुहिंसा न्यूनिकरण गर्न सन्देशमुलक सडक नाटक प्रर्दशन गरिएको छ ।
सर्वाेदय नेपालको सहजीकरणमा पातारासी गाउँपालिकाको लासीबजार र ल्होर्पगाउँ, तातोपानी गाउँपालिकाको ऐरेनी र तातोपानी र तिला गाउँपालिकाको रारालिहि बजारमा सडक प्रर्दशनी गरिएको हो ।
सडक नाटकमा एउटा परिवारमा मदिरा सेवन गरी घरेलुहिंसा गर्ने र छोरीलाई पढ्ने वातावरण नभएर बालविवाह गर्न बाध्य बनाएको छ । समाजमा हुने यस्ता घटनालाई न्यूनिकरण गर्नका लागि मदिरापान गरी घरेलुहिंसा र बालविवाह गर्न बाध्य बनाउने व्यक्तिलाई कानुनी सचेतीकरण गरी पुन यस्ता घटना नदोहो¥याउन सुझाएको छ । बालविवाह गर्न बाध्य भएकी बालिकालाई पुन घरमा फर्काउनुका साथ उमेर पुगेपछि मात्रै विवाह गर्ने सन्देश फैलाईएको छ ।
समाजमा हुने बालविवाह र घरेलुहिंसा न्यूनिकरण गर्नका लागि सडक नाटकमार्फत सन्देश दिन खोजिएको सर्बाेदय नेपाल जुम्लाका संयोजक कमलराज खत्रीले बताए । उनले भने अहिले पनि समाजमा बालविवाह र घरेलुहिंसाका घटना भएपनि न्यायिक निकायमा पुग्ने गरेका छैन । पीडा खेपेरै भएपनि समाजमा ढाकछोप गर्ने गरिन्छ । यस्ता घटनालाई उजागर गर्दै बालविवाह र घरेलुहिंसा न्यूनिकरण गर्न सन्देश दिएको छ ।
प्रर्दशन गरिएको सडक नाटकका कलाकारहरु पूर्णप्रसाद चौलागाई (बुढो), राजकली महत (बुढी), कविता खड्का (छोरी), मंगल खड्का (ज्वाई) र विना नेपाली (लैगिक सहजकर्ता) रहेका थिए ।