कर्णाली राजमार्ग खुलाउन सेना र सडक डिभिजन दिनरात खट्दै (फोटो फिचर)

जुम्ला । गत साता भएको अविरल वर्षापछि आएको भिषण बाढी पहिरोले अबरुद्ध कर्णाली राजमार्ग खुलाउन नेपाली सेना र सडक डिभिजन जुम्लाका जनशक्ति दिनरात खटिएका छन् । नागरिकले सडक खुल्न ४÷५ महिना लाग्छ भन्दै आँकलन गरेपनि तिहार अगावै खुल्ने लक्ष्यका साथ अबरुद्ध खुलाउने कार्य निरन्तर भईरहेको छ । हाल सम्म राजमार्गको टाकुल्ला खण्ड सम्म अबरुद्ध खुलेको छ ।

भने पहिरोका कारण सडकमा खसेका ठुला ढुंगा नेपाली सेनाले ब्लाष्टीङ गर्न थालेको छ । अवरुद्ध कर्णाली राजमार्गमा खसेका ठूला ढुंगा फुटाउन सेनाले ब्लाष्टिङ थालेको हो । नन्दाबक्स गणका ५० जना सेना राँचुलमा क्याम्प स्थापना गरी सडक खुलाउन खटिएका छन् । भने सडक डिभिजनका झण्डै ७५ जना बढी जनशक्ति खटिएका छन् । राजमार्गको नाग्म देखी राँचुली खण्डमा दुई दिन अघि देखी नेपाली सेना र सडक डिभिजन जुम्लाको समन्वयमा ब्लाष्टिङ शुरु गरिएको सडक डिभिजन जुम्लाका प्रमुख राजिव श्रेष्ठले बताए ।

उनका अनुसार अबरुद्ध कर्णाली राजमार्गको टाकुल्ला सम्म सडक खुलेको छ । इन्धन अभाव नभएको खण्डमा कर्णाली राजमार्ग तिहार अघिनै खुल्ने छ ।

नन्दाबक्स गण जुम्लाका गणपति रविन थापाले अनुसार दुईदिन अगाडिबाट नेपाली सेनाले व्लाष्टिङ कार्य शुरु गरेको बताए । गणपति थापाका अनुसार वुधवार र शुक्रवार गरी १० वटा ब्लाष्टिङ गरिएको छ ।

नन्दा बक्स गणका उपसेनानी (.क्याप्टन) सन्तोष केसीको नेतृत्वमा ५० जना नेपाली सेनाको टोली सडक खुलाउन फिल्डमै खटिएको छ ।

स्काभेटरले उठाउन नसकिने ठुला ढुंगाहरु बीच सडकमै भएकाले ब्लाष्टिङ कार्य गर्नु परेको डिभिजन सडक कार्यालयले जानकारी दिएको छ । डिभिजन सडक कार्यालय जुम्लाका प्रमुख राजिव श्रेष्ठका अनुसार अहिले पनि तिब्र कार्य भईरहेको छ ।

उनका अनुसार अव भत्किएको सड्कमा जाली भरेर पर्खाल बढाउने काम पनि शुरु गरिने छ । सवैभन्दा कठिन राचुलीबाट नाग्म खण्ड बनाउन सकियो भने कर्णाली राजमार्ग सुचारु हुने भएको छ ।

अव एक हप्ता १० दिनमा राजमार्ग सुचारु हुने अनुमान छ । कर्णाली राजमार्ग करिब आधा महिना बन्द हुदा जुम्लामा खाद्य समाग्री, दैनिक उपभोग्य सामग्री अभाव हुन थालेको छ । पेट्रोलियम पदार्थ त सकिएको छ । डिजेल सकिदा सड्कमा काम गर्न पनि रोकिन सकिने डर भएको डिभिजन सड्क कार्यालयले जानकारी दिएको छ ।

 

प्रकाशित मिति : २०७९ कार्तिक ५ गते शनिवार
प्रतिक्रिया दिनुहोस