साझेदारी सहयोग केन्द्र पेस नेपाल जुम्ला एक गैर मुनाफा, सामुदायिक विकास तथा सामाजिक जागरणको अभियानमा प्रतिवद्ध एक गैरसरकारी संस्था हो । यसको स्थापना २०६३ सालमा भएको हो । पेस नेपाल जिल्ला प्रशासन कार्यालय जुम्लामा २०६३ साल वैसाख २६ दर्ता भई समाज कल्याण परिषद (SWC) आवद्धता गरी कार्य सञ्चालन गरिरहेको छ । पेस नेपाल जुम्लाको मुख्य कार्यालय नेपालको कर्णाली प्रदेशको जुम्ला जिल्लको चन्दननाथ नगरपालिका वडा नं. ६ अवस्थित रहेको छ । विगत १५ वर्ष देखी समुदायको क्षमता अभिवृद्धि गरार्ई गरिवी न्यूनिकरण, दिगो सामुदायिक विकास, सामाजिक समावेशिकरण, द्धन्द्ध व्यवस्थापन, मानवअधिकार प्रवद्र्धन, वातावरण संरक्षण, संस्थागत विकास, शु–सासन सवलीकरण क्षेत्रमा नेपालको कर्णाली प्रदेशका ४ वटा जिल्लाहरुका कार्यक्रम सञ्चालन गर्दे आईरहेको छ ।
सिमान्तकृत समुदायका मानिसको हक अधिकार, कुनै भेदभाव बिना शान्तिको जिबन शैली प्रवद्धान गर्ने, समतामुलक समाजहरु व्यबस्थीत गर्ने कल्पनाका साथ काम गरेको छ । यस सस्ँथाले शान्ति र मानब अधिकार अभिबृद्धि, जलबायु परिबर्तन, खानेपानी सरसफाई तथा स्बच्छता, खाद्य सुरक्षा, बिपद जोखिम न्युनिकरण, समुदाय स्तरको जिबनयापन सुधार गर्ने जस्ता कार्यक्रमहरु सञ्चालन गरिरहेको छ ।
जुम्ला जिल्लाको हिमा, सिंजा, कनकासुन्दरी गाउपालिका र कालिकोट जिल्लाको सान्नित्रिवेणी गाउपालिका र रास्कोट नगरपालिकामा प्लान इन्टरनेशनल नेपालको सामmेदारीमा सञ्चालित वाढी पहिरो प्रतिकार्य परियोजना अन्तरगत वाढि र पहिरो प्रभावित धरधुरीलाई Community Value Assistance(CVA) मार्फत तपशिलका खाद्यान्न सामग्री सहयोग गर्नका लागी बोलपत्र आवहान गरेको छ ।
सामाग्री तथा सेवाहरु,
| क्र.स | खाद्य सामागी्र बिबरण | ब्राण्ड | एकाई | परिमाण | दररेट | कैफियत |
| १ | चामल | जिरा मसिनो | के जी | १ | ||
| २ | चामल | मोटो | के जी | १ | ||
| ३ | मिक्स दाल | मिक्स | के जी | १ | ||
| ४ | मसुरोको दाल | मसुरो | के जी | १ | ||
| ५ | मासको दाल | दाल | के जी | १ | ||
| ६ | रहर, अरहर | अरहर | के जी | १ | ||
| ७ | सिमि | दान सिमी | के जी | १ | ||
| ८ | केराउ | दाना | के जी | १ | ||
| ९ | चिनि | माध्यम | के जी | १ | ||
| १० | नुन | आयोडिन | के जी | १ | ||
| ११ | तोरीको तेल | तोरी | लिटर | १ | ||
| १२ | सन्फलावर तेल | सन्फलावर | लिटर | १ | ||
| १३ | सोयाबिन तेल | सोयाबिन | लिटर | १ | ||
| १४ | आटा | चक्की | के जी | १ | ||
| १५ | आटा | मैदा आटा | के जी | १ | ||
| १६ | चना | दाना | के जी | १ |
सङलग्न गर्नु पर्ने आवश्यक कागजातहरु,
♦ आबेदन निबेदन पत्र
♦ फर्म दर्ता प्रमाण पत्र
♦ भ्याट तथा पानमा दर्ता भएको प्रमाण पत्र
♦ फर्मको करचुक्त प्रमाण पत्र आ.ब २०७८÷०७९
♦ २.५ प्रतिशत बैकंको ग्यारेन्टी
योग्य ईच्छुक आपुर्तिकर्ताले बोल पत्र आवहान अनुसारको फर्मको बिवरण, कानुनी कागजातहरुका साथै कोटेशनको दररेट सहितको कागजातहरु शिलबन्द गरि पेस नेपाल जुम्लाको मुख्य कार्यालय जुम्लामा अथवा फेडो कालिकोटको कार्यालयमा मिति २०७९ मंसिर ६ गते साझँ ५ वजे सम्म पुग्ने गरी उपलब्ध गराउनुपर्ने हुन्छ । आपुर्तिकर्ताको कोटेशन कागजातहरु ईमेल तथा अनलाईन मार्फत वा मिति २०७९ मंसिर ६ भन्दा पछि आएमा स्वीकार्य हुने छैन् ।



